सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उत्साहजनक सहभागितासहित सकियो नाडा अटो शो, ७६ हजार १ सय जनाले गरे अवलोकन

आइतबार, भदौ ३१ २०८०
उत्साहजनक सहभागितासहित सकियो नाडा अटो शो, ७६ हजार १ सय जनाले गरे अवलोकन

काठमाडौं- ‘नाडा अटो शो २०२३’ उत्साहजनक सहभागितासहित सकिएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो २०२३ गएको मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका थिए। आइतबारसम्म चलेको अटो शो ७६ हजार १ सय जनाले अवलोकन गरे। 

यो वर्षको नाडा अटो शोमा पहिलो दिन मंगलबार ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए। दोस्रो दिन बुधबार ११ हजार ७ सय, तेस्रो दिन १४ हजार ३ सय र चौथो दिनमा १४ हजार २ सय जना नाडा अटो शो हेर्न पुगेका थिए। पाँचौ दिन अर्थात शनिबार रहेकाले अवलोकनकर्ताको उपस्थिति ठूलो संख्यामा रहेको थियो। शनिबार १६ हजार ४ सय जना नाडा अटो शो हेर्न भृकुटिमण्डप पुगेको नाडाले जनाएको छ। 

अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिएका थिए। अधिकांश आगन्तुकहरुको ध्यान विद्युतीय सवारीतर्फ नै आकर्षिकत भएको देखियो। अधिकांश ब्रान्डले नयाँ तथा यसअघि सार्वजनिक भएको विद्युतीय सवारी प्रदर्शनीमा राखेका थिए। त्यसैले नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालियो। दुईपांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रक पनि प्रदर्शनीमा थिए। 

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेका थिए। त्यस्तै दर्जनौँ कम्पनीले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरू सार्वजनिक गरेकाले पनि उपभोक्ताहरुको ध्यान विद्युतीय सवारीले धेरै तानेको देखियो।

प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू थिए। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका थिए। नाडा अटो शो २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरेको थियो। अटो शो २०२३ को प्रायोजक टाटा मोटर्स जेनियुन अइल रह्यो। 

अटोमा भरपर्दो उत्सव : नयाँ गाडीको सोधीखोजी र अग्रिम रोजाइँको मेला अटोमा भरपर्दो उत्सव : नयाँ गाडीको सोधीखोजी र अग्रिम रोजाइँको मेला


प्रकाशित : आइतबार, भदौ ३१ २०८०११:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend