सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उपभोक्ताको जीवनमाथि खेलवाड गरेको भन्दै श्री ग्यासको उत्पादनमा रोक

बुधबार, मंसिर १ २०७८
उपभोक्ताको जीवनमाथि खेलवाड गरेको भन्दै श्री ग्यासको उत्पादनमा रोक

काठमाडौं- उपभोक्ताको जीवनमाथि खेलवाड गर्दै गुणस्तरहीन सिलिन्डरमा ग्यास भरेर बिक्री गरेको श्री ग्यास वान उद्योगलाई सरकारले कारबाही गरेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेशन नै बन्द गराएको हो।

उद्योगले सिन्डिरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको,पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरेको हो।

यसैगरी उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नु पर्नेमा मर्मत गरेको, स्प्रिङकल मेसिन चालु अवस्थामा नरहेको  प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारे पछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले बताए।

विभागले उद्योग बन्द गर्दै १५ दिन भित्र स्पष्टीकरण पेस गर्ने भन्दै पत्रचार गरेको छ।


प्रकाशित : बुधबार, मंसिर १ २०७८१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend