सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

युनाइटेड ५३ ग्रेडको ओपीसी सिमेन्ट गुणस्तरहीन रहेको भन्दै बिक्रीमा रोक

बुधबार, मंसिर १ २०७८
युनाइटेड ५३ ग्रेडको ओपीसी सिमेन्ट गुणस्तरहीन रहेको भन्दै बिक्रीमा रोक

काठमाडौं- गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने युनाइटेड सिमेन्ट उद्योग कारबाहीमा परेका छ। नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएको भन्दै युनाइटेड सिमेन्ट उद्योगलाई कारबाही गरेको हो।

उद्योगले उत्पादन गरेको ५३ ग्रेडको ओपीसी सिमेन्ट नेपाल गुणस्तर ५७२ अनुरुप नरहेका भन्दै विगागले कारबाही गरेको हो। विभागले युनाइटेड उत्पादन गर्दै आएको ओपीसी सिमेन्ट बिक्रीमा रोक लगाउँदै बजारमा गएका सबै सिमेन्ट फिर्ता गर्दै १५ दिन भित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेको छ।

उद्योगले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तर अनुरुप नरहेको भन्दै कारबाही गरेको हो। कम्पनीले उत्पादन गरेको सिमेन्टको ७ र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तर भन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमश ३७ र ५३ हुने पर्नेमा ३५ र ३९ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।


प्रकाशित : बुधबार, मंसिर १ २०७८१०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend