मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै जगदम्बा, पीपीसी सिमेन्ट बिक्रीमा रोक

बुधबार, मंसिर १ २०७८
गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै जगदम्बा, पीपीसी सिमेन्ट बिक्रीमा रोक

काठमाडौं- गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने जगदम्बा सिमेन्ट प्रालि कारबाहीमा परेका छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर बजारमा पठाएको भन्दै जगदम्बा सिमेन्ट उद्योगलाई कारबाही गरेको हो।

उद्योगले उत्पादन गरेको पीपीसी सिमेन्ट नेपाल गुणस्तर ३८५ अनुरुप नरहेका भन्दै विगागले कारबाही गरेको हो। विभागले जगदम्बाले उत्पादन गर्ने पीपीसी सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै बजारमा गएका सबै सिमेन्ट फिर्ता गर्दै १५ भित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

कम्पनीले उत्पादन गरेको सिमेन्टको ३ र ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमश: १६ र २२ हुने पर्नेमा १५ र २० फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।


प्रकाशित : बुधबार, मंसिर १ २०७८१०:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend