सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

३ वर्षपछि भएको नाडा अटो शोमा दर्शकको भिड, दुई दिनमै २० हजारले गरे अवलोकन

बुधबार, भदौ २७ २०८०
३ वर्षपछि भएको नाडा अटो शोमा दर्शकको भिड, दुई दिनमै २० हजारले गरे अवलोकन

यो वर्षको नाडा अटो शोमा पहिलो दिन मंगलबार ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए। त्यस्तै दोस्रो दिन बुधबार ११ हजार ७ सय जनाले अवलोकन गरेको हुन्। 

काठमाडौं- मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२३ मा दर्शकको भिड नै लागेको छ। दुई दिनमै २० हजार २ सय जनाभन्दा बढीले अटो शोे अवलोकन गरेको नाडाले जनाएको छ। 

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शो मंगलबार अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका थिए। 

‘नाडा अटो शो २०२३’ लाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले देशकै सबैभन्दा ठूलो शो भनेको छ। यो वर्षको नाडा अटो शोमा पहिलो दिन मंगलबार ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए। त्यस्तै दोस्रो दिन बुधबार ११ हजार ७ सय जनाले अवलोकन गरेको हुन्। 

अटो शोमा उल्लेख्य रुपमा विद्युतीय सवारी प्रदर्शनीका लागि राखिएका छन्। अधिकांश आगन्तुकहरुको ध्यान विद्युतीय सवारीतर्फ नै आकर्षिकत भएको छ।  

अधिकांश ब्रान्डले नयाँ तथा यसअघि सार्वजनिक भएको विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन्। त्यसैले नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालिएको छ। दुई पांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रकसम्म प्रदर्शनीका लागि राखिएको छ।

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेका हुन्। त्यस्तै दर्जनौँ कम्पनीले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरू सार्वजनिक गरेकाले पनि उपभोक्ताहरुको ध्यान विद्युतीय सवारीले धेरै तानेको हो। 

प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टलहरू प्रदर्शनीमा छन्। 

जसमध्ये चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिज ३१ रहेका छन्। नाडा अटो एक्सपोको १५औँ संस्करणको नाडा अटो एक्सपो २०२३ भदौ २६ मा सुरु भएको र ३१ गतेसम्म काठमाडौं प्रदर्शनीमार्गको भृकुटी मण्डपमा चल्ने छ।  

नाडा अटो शोे २०२३ को सम्पूर्ण व्यवस्थापन ग्लोवल एक्सपोजिशन एन्ड मेनजमेन्ट सर्भिस प्रालिले गरेको हो। अटो शो २०२३ को प्रयोजक टाटा मोटर्स जेनियुन अइल रहेको छ।


प्रकाशित : बुधबार, भदौ २७ २०८०१३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend