सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ब्रान्ड लन्च भएको ४ दिनमै स्काइवेल ईटी फाइभ १६ वटा बुकिङ

सोमबार, भदौ २५ २०८०
ब्रान्ड लन्च भएको ४ दिनमै स्काइवेल ईटी फाइभ १६ वटा बुकिङ

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ नाडा अटो शोमा सार्वजनिक हुनेछ।

काठमाडौं- जी मोटर्सले स्काइवेलको विद्युतीय प्रिमियम एसयूभी ईटी फाइभ १६ वटा बुकिङ गरेको छ। कम्पनीले ब्रान्ड लन्च गरेको चार दिनमै उक्त संख्यामा स्काइवेल ईटी फाइभ बुकिङ गरेको जनाएको छ। 

गएको बिहीबार जी मोटर्सले आफू स्काइवेल ब्रान्डको आधिकारिक बिक्रता नियुक्त भएर ब्रान्ड ल्याएको घोषणा गरेको थियो। ब्रान्ड लन्चसँगै जी मोटर्सले स्काइवेल ईटी फाइभको बुकिङसमेत खुलाएको थियो। 

नाडा अटो शो २०२३ मा स्काइवेल ईटी फाइभको औपचारिक सार्वजनिकीकरण गर्ने तयारी कम्पनीले गरेको छ। जी मोटर्सले सुरुमा स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी ईटी फाइभ ल्याउने भएको छ। आकर्षक डिजाइन र उच्च प्रविधियुक्त ईटी फाइभ हालसम्म नेपालमा उपलब्धमध्ये सबैभन्दा बढी रेन्ज दिने विद्युतीय एसयूभी भएको कम्पनीको दाबी छ। 

’स्काइवेल ईटी फाइभमा भएको विशेषता र एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज पाइने भएकाले धेरैको चासो रहेको छ,’ जी मोटर्स स्रोतले भन्यो, ‘त्यही रेन्ज र विशेषताले धेरैलाई आकर्षित गरेकाले ४ दिनमै १६ वटा बुकिङ लिएका हौं।’ २६ गतेदेखि हुने नाडा अटो शो २०२३ मा पनि उत्साहजन बुकिङ र उपभोक्ताको चासो हुने विश्वास गरिएको जी मोटर्सको भनाइ छ। 

skywell et5.jpg

लामो समयदेखि सवारी बिक्री गर्दै आएको जी मोटर्सले आधिकारिक बिक्रेताका रूपमा नयाँ ब्रान्ड स्काइवेल नेपाल भित्र्याएको हो। स्काइवेलका विद्युतीय सवारी ४५ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ। 

उच्च प्रविधियुक्त र नेपालमा उपलब्ध मध्य सर्वाधिक रेन्ज दिने स्काइवेलको विद्युतीय एसयूभी ईटी फाइभ नाडा अटो शोमा सार्वजनिक हुनेछ। स्काइवेल ईटी फाइभले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। स्काइवेल ईटी फाइभमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।

त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यो कारको मूल्य १ करोड ९ लाख रूपैयाँ तोकिएको छ। 

बुकिङ गरेका उपभोक्ताले स्काइवेलको ईटी फाइभ दसैँअघि नै डेलिभरी पाउने दाबी कम्पनीले गरेको छ। 

स्काइवेल ईटी फाइभ विशेष गरि इन्टे लिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। यी विशेषताले यो विद्युतीय एसयूभीलाई प्रिमियमनेस उपलब्ध गराउने छ। 


प्रकाशित : सोमबार, भदौ २५ २०८००५:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend