सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

टेस्लाका कारभन्दा धेरै रेन्ज दिने विद्युतीय कार उत्पादन गर्दै मर्सिडिज

मंगलबार, भदौ १९ २०८०
टेस्लाका कारभन्दा धेरै रेन्ज दिने विद्युतीय कार उत्पादन गर्दै मर्सिडिज

मर्सिडिजले सार्वजनिक गरेका ४ वटै विद्युतीय कारको रेन्ज ७ सय ५० किलोमिटरभन्दा बढी हुनेछ।

काठमाडौं- जर्मन विलासी कार उत्पादक कम्पनी मर्सिडिज बेन्जले नयाँ विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरेको छ। कम्पनीले उत्पादनको नजिक रहेको विद्युतीय कार कन्सेप्ट सार्वजनिक गरेको हो। 

मर्सिडिजले सार्वजनिक गरेको कन्सेप्ट कारको टेस्लाका सबै कारको भन्दा बढी रेन्ज हुनेछ। उक्त कन्सेप्ट कारले एक पटकको फुल चार्जमा ७ सय ५० किलोमिटर रेन्ज दिनेछ। 

टेस्लाका विद्युतीय कारले एक पटकको फुल चार्जमा अधिकतम ६ सय ११ किलोमिटर रेन्ज दिन्छन्। जर्मन कार उत्पादक कम्पनी मर्सिडिजले सीएलए क्लासको कन्सेप्ट कार आईएए मोबिलिटी अटो शोमा सार्वजनिक गरेको हो। उक्त कन्सेप्ट आइतबार सार्वजनिक भएको थियो। म्युनिखमा मर्सिडिजले ४ नयाँ मोडल सार्वजनिक गरेको थियो। 

मर्सिडिजले सार्वजनिक गरेका ४ वटै विद्युतीय कारको रेन्ज ७ सय ५० किलोमिटरभन्दा बढी हुनेछ। यता टेस्लाका मोडल थ्री, मोडल एसलगायत धेरै रेन्ज दिने कारको अधिकतम रेन्ज ६ सय किलोमिटर हाराहारी रहेको छ। 

त्यस्तै म्युनिखमा बीएमडब्लूले पनि नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ। बीएमडब्लूका विद्युतीय कार धेरै रेन्ज दिने र छिटो चार्ज हुने सक्ने खालका छन्। यसले जर्मन कार उत्पादकहरुबीचमा विद्युतीय कार उत्पादनमा ब्यापक प्रतिस्पर्धा हुने देखिएको छ।

युरोपका ठूला कार उत्पादकहरु जस्तो फक्सवागन तथा रेनो चिनियाँ प्रतिस्पर्धीको सस्तो विद्युतीय कारको चेपुवामा परिसकेको सीएनएनले लेखेको छ। टेस्लाले भने बर्लिन नजिकै युरोपकै ठूलो विद्युतीय कार प्लान्ट स्थापना गरेर कार उत्पादन गरिरहेको छ।

बीएमडब्लूले नेयु क्लास भिजनमा विद्युतीय कार उत्पादन योजनामा काम गरिरहेको छ। अहिले पनि कन्सेप्टकै चरणमा रहेको ब्याट्री सेलले अहिलेको ब्याट्रीभन्दा २० प्रतिशत बढी उर्जा खपत गर्नसक्ने छ। कार उत्पादनको चरणमा पुग्दा चार्जिङ स्पीड तथा रेन्ज ३० प्रतिशतले बढ्ने दाबी कम्पनीले गरेको छ। उक्त भिजनमा बन्ने कार २०२५ मा बजारमा आउने छ। 


प्रकाशित : मंगलबार, भदौ १९ २०८००५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend