आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

तल्लो अरुणको क्षमता ४७४ मेगावाटबाट बढाएर ६६९ मेगावाट बनाइयो, लागत र निर्माण अवधि कति?

सोमबार, भदौ १८ २०८०
तल्लो अरुणको क्षमता ४७४ मेगावाटबाट बढाएर ६६९ मेगावाट बनाइयो, लागत र निर्माण अवधि कति?

क्षमतासँग आयोजनाको डिजाइन र अवयवमा परिवर्तनका कारण जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रुखको संख्या समेत परिवर्तन भएको छ। तर लागतमा भने त्यति ठूलो परिवर्तन भएको छैन।

काठमाडौं- तल्लो अरुण जलविद्युत आयोजनाको उत्पादन क्षमता बढाइएको छ। परियोजनाको जडित क्षमता ४७४.२५ मेगावाटबाट बढाएर ६६९ मेगावाट क्षमता बनाइएको छ।

आयोजनाको क्षमता बढेसँगे पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक भएको छ। वन तथा वातावरण मन्त्रालयले पूरक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो।

क्षमतासँग आयोजनाको डिजाइन र अवयवमा परिवर्तनका कारण जग्गाको क्षेत्रफल र कटान गर्नुपर्ने रूखको संख्या समेत परिवर्तन भएको छ। तर लागतमा भने त्यति ठूलो परिवर्तन भएको छैन।

परियोजनामा अरुण नदीको बायाँ किनारामा रहेको अरुण ३ परियोजनाको टेलरेसबाट निस्कने ३४४.६८ घनमिटर/सेकेन्ड बहावलाई हेड पोन्डबाट सिधै इन्टेक गेटमार्फत १०.५ मिटर व्यास भएको घोडेटाप आकारको १७.४ कि.मी लामो सुरुङमा पठाइने रिपोर्टमा उल्लेख छ।

प्रस्तावित आयोजनाबाट ४४४ घरधुरी प्रभावित हुनेछन्। प्रभावित हुने घरधुरी आर्थिकरुपमा ९३  र भौतिक रुपमाविस्थापित हुने छन्। आयोजनाका लागि १८४ हेक्टर जग्गा आवश्यक पर्नेछ। जसमा निजी जग्गा १०७ हेक्टर, वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर रहेको छ। 

कटान हुने रूखको संख्यामा पनि ठूलो परिवर्तन भएको छ। पहिलेको रिपोर्टमा ७ हजार ६ सय ६५ रूख रहेकोमा अहिले बढेर १६ हजार १ सय ९८ रूख रहेका छन्।

निर्माण अविध ७ वर्षलाई पनि घटाएर ५ वर्ष बनाइएको छ। लागत ९२ अर्ब १२ करोडबाट बढाएर ९२ अर्ब ६७ करोड पुर्‍याइएको छ।


प्रकाशित : सोमबार, भदौ १८ २०८००५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend