आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

अरुण तेस्रो आयोजनामा जग्गाधनीले मुआब्जा माग गर्दै बन्द गरे सडक र विद्युत् गृहस्थल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ १८ २०८०
अरुण तेस्रो आयोजनामा जग्गाधनीले मुआब्जा माग गर्दै बन्द गरे सडक र विद्युत् गृहस्थल

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका-४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका-३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको छ।

सङ्खुवासभा- सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन्। 

अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी-दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन्। 

शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन्। अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा संघर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए। 

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका-४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका-३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताए।  

जिल्ला प्रशासन कार्यालयले गत बैशाख २६ गते छयाङकुटी-दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो। पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो। अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, भदौ १८ २०८००४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend