मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

१२ लाख ९९ हजारमै पाइने भयो विद्युतीय कार, नाडा अटो शोमा सार्वजनिक हुने

बिहीबार , भदौ १४ २०८०
१२ लाख ९९ हजारमै पाइने भयो विद्युतीय कार, नाडा अटो शोमा सार्वजनिक हुने

एमएडब्लू वृद्धिले अटो शोमा सिटी कारका रुपमा ई-वान मिनी ईभी र सेरेस-३ एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ।

काठमाडौं- नेपाली बजारमा सबैभन्दा कम मूल्यको विद्युतीय कार आउँदै छ। उक्त विद्युतीय कारको सुरुवाती मूल्य १२ लाख ९९ हजार रूपैयाँ हुनेछ।

सेरेस ब्रान्डका नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले सेरेका दुई मोडलका विद्युतीय कार ल्याउँदैछ। भदौ २६ गतेदेखि हुने नाडा अटो शोमा सेरेस ब्रान्ड तथा उक्त ब्रान्डका दुई विद्युतीय कार सार्वजनिक हुने कम्पनीले जनाएको छ।  

एमएडब्लू वृद्धिले अटो शोमा सिटी कारका रुपमा ई-वान मिनी ईभी र सेरेस-३ एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाल आउन लागेको सेरेर ई-वान अहिले चीन, इन्डोनेसिया, पाकिस्तानलगायत देशमा बिक्री भइरहेको छ। 

सेरेस ई-वान दुई ढोका भएको सानो आकारको कार हो। सहरी क्षेत्रका उपभोक्तालाई मध्यनजर गर्दै उत्पादन गरिएको यो मिनी विद्युतीय कार अन्तर्राष्ट्रिय बजारमा दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ। एमएडब्लू वृद्धिले नेपाली बजारमा ल्याउने सेरेस ई-वान दुई वा एउटा कुन ब्याट्री अप्सनको हो खुलाएको छैन। 

यद्यपी अन्तर्राष्ट्रिय बजारमा सेरेस ई-वान १३.८ किलोवाट आवर र १६.८ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध रहेको छ। १३.८ किलोवाट आवर ब्याट्री प्याक रहेको कारले १ सय ८० किलोमिटर र १६.८ किलोवाट आवर ब्याट्रीयुक्त सेरेस ई-वानले २ सय २० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।  

एमएडब्लू वृद्धि स्रोतका अनुसार सेरेस ई-वानको सुरुवाती मूल्य १२ लाख ९९ हजार रूपैयाँ तय गरिने भएकाले पहिलो चरणमा १३.८ किलोवाट आवर ब्याट्रीयुक्त मोडल आउने छ।  

सेरेस ई-वानका दुवै मोडलमा एसी चार्जरबाट मात्र चार्ज गर्ज सकिनेछ। यी कारलाई ३.३ किलोवाट क्षमताको एसी चार्जरले ४ घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

मिनी कार भएकाले सेरेर ई-वान सानो आकारको छ। यो कारको लम्बाई ३ हजार ३० एमएम, चौडाई १ हजार ४ सय ९५ एमएम र उचाई १ हजार ६ सय ४० एमएम रहेको छ। दुई ढोके सेरेस ई- वान ४ सिट क्षमताको कार हो। 


प्रकाशित : बिहीबार , भदौ १४ २०८००६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend