मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

किलिङमा बल्ल बल्यो बिजुली

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ३० २०७८
किलिङमा बल्ल बल्यो  बिजुली

आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएका छन्।

फुङ्लिङ- बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ।  

मिक्वाखोला गाउँपालिका-५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो। स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको बताए।

किलिङ गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ। स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उनले जाकारी दिए।  पापुङका वडाध्यक्ष डण्डु लामाले आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताए। 

हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए। तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए।    

आयोजना निर्माण भएपछि त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ। त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताए। 

उक्त आयोजनाका लागि ९६ लाख रुपैयाँ र स्थानीयको श्रमदानसमेत लगानी भएको छ। लागतको कुल रकमध्ये वडा कार्यालयको अनुदान ४९ लाख, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट १५ लाख रुपैयाँ रहेको  छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक ३० २०७८०५:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend