मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

प्रविधि र विद्युतीय सवारीमा फड्को मार्दै फोटोन, उपभोक्तालाई १ करोड १० लाख सवारी हस्तान्तरण

मंगलबार, भदौ १२ २०८०
प्रविधि र विद्युतीय सवारीमा फड्को मार्दै फोटोन, उपभोक्तालाई १ करोड १० लाख सवारी हस्तान्तरण

हाल फोटोनले न्यू इनर्जी सवारी उत्पादनका लागि युरोपियन युनियनबाट ईयू डब्लूभीटीए प्रमाण पत्र पाइसकेको छ। योसँगै फोटोन इटाली, पोल्यान्ड, स्पेन र अन्य युरोपेली देशमा प्रवेश गरिसकेको छ।

काठमाडौं- चिनियाँ सवारी उत्पादन कम्पनी फोटोनले आईसी इन्जिन सवारी र ब्याट्रीमा आधारित विद्युतीय सवारीमा केन्द्रित भएको छ। पछिल्लो समय फोटोनले इन्टेलिजेन्स टेक्नोलोजीसहित न्यू इनर्जी सवारी उत्पादनलाई प्राथमितामा राखेको छ।

२०२३ को अप्रिलसम्ममा फोटोनले आईसी र ईभी दुवै गरेर १ करोड १० लाख सवारी विश्वबजारमा बिक्री गरेको थियो। त्यसयता कम्पनीले केही लाख सवारी थप बिक्री गरिसकेको छ। फोटोनले चीन तथा विश्वका अन्य बजारमा उक्त बिक्री संख्या २५ वर्षकै अवधिमा हासिल गरेको उपलब्धि हो।

फोटोनले सवारी उत्पादनमा आईसी र बीईभी दुवै उत्पादन गर्ने ‘डुअल-लाइन’ रणनीति लिएको छ। चीन तथा विश्व बजारमा विद्युतीय सवारीको माग बढ्दै गएकाले कम्पनीले यस्तो नीति लिएको हो।

फोटोनका सवारी चीनका साथै दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिकालगायतका देशहरुमा धेरै बिक्री हुँदै आएको छ। कोलोम्बियामा फोटोनको ट्रक लगातार तीन वर्षयता धेरै बिक्री हुनेमा परिरहेको छ।

शून्य प्रदूषण सवारीको कुरा गर्दा फोटोनले २००३ मै हाइड्रोजन फ्युलसेल र विद्युतीय सवारी उत्पादन गरेको थियो। यो कम्पनी नै कमर्सियल रुपमा हाइड्रोजन फ्युल सेल र विद्युतीय सवारी बिक्री सुरु गर्ने पहिलो कम्पनी हो। फोटोनले २००८ र २०२२ मा चीनमा भएको ओलम्पिक खेलमा न्यू इनर्जी सवारीबाट खोलाडी तथा अफिसियललाई यात्रा गराएको थियो।

foton e van.png

हाल फोटोनले न्यू इनर्जी सवारी उत्पादनका लागि युरोपियन युनियनबाट ईयू डब्लूभीटीए प्रमाण पत्र पाइसकेको छ। योसँगै फोटोन इटाली, पोल्यान्ड, स्पेन र अन्य युरोपेली देशमा प्रवेश गरिसकेको छ।

२०२२ मा फोटोनले ल्याटिन अमेरिकामा १४ सय वटा विद्युतीय बस बिक्री गरेको थियो। यो क्षेत्रमा फोटोन नै ई बसमा सर्वाधिक बजार हिस्सा भएको कम्पनी समेत बनेको थियो। चिली, अस्ट्रेलिया, न्युजिल्यान्डमा समेत फोटोनका सवारी लोकप्रिय हुँदै गएका छन्।

नेपाली बजारमा पनि फोटोनमा आईसी तथा विद्युतीय दुवै सवारी उपलब्ध छन्। २०१८ नेपाली बजारमा प्रवेश गरेको फोटोनले करिब १ वर्षदेखि विद्युतीय भ्यान उपलब्ध गराइरहेको छ। विद्युतीय भ्यानका साथै फोटोनको विद्युतीय पिकअप ट्रक पनि उपलब्ध छ।

फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनका सवारी बिक्री सुरु गरेसँगै बिक्री पछिको सेवामा समेत उच्च प्राथमिकता दिएको छ। कम्पनीले आगामी दिनमा फोटोनले उत्पादन गरेका विद्युतीय तथा आईसी इन्जिन सवारी उपलब्ध गराउँदै जानेछ।


प्रकाशित : मंगलबार, भदौ १२ २०८००९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend