मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

हरेक ९० सेकेन्डमा एउटा नयाँ विद्युतीय स्कुटर उत्पादन हुँदै, भारत ‘ईभी रिभोलुसन’मा होमिएको हो? 

मंगलबार, भदौ १२ २०८०
हरेक ९० सेकेन्डमा एउटा नयाँ विद्युतीय स्कुटर उत्पादन हुँदै, भारत ‘ईभी रिभोलुसन’मा होमिएको हो? 

भारतले दुई तथा तीन पांग्रे सवारीलाई पूर्ण विद्युतीकरण गर्न करिब २ अर्ब ८५ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्नुपर्ने छ। 

काठमाडौं- दक्षिण भारतीय सहर बैंग्लोरदेखि नजिकै होसुरमा एक स्टार्टअप फ्याक्ट्रीमा एसेम्ब्ली लाइनका लागि धमाधम काम भइरहेको छ। एकनासको कालो लुगामा सजिएका कामदारहरु हरेक ९० सेकेन्डमा ब्रान्ड न्यू विद्युतीय स्कुटर तयार पारिरहेका छन्। यता कम्पनीका कार्यकारीहरु कम्पनीको चुलिँदो बिक्रीबारे समीक्षा गरिरहेका छन्। 

‘दुई पांग्रेमा विद्युतीयतर्फ बजार आक्रामक रुपमा अघि बढेको छ,’ तरुण मित्तलले भने। ३३ वर्षिय मित्तल अथर इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। अथरका विद्युतीय स्कुटरको माग पछिल्लो समय उल्लेख्य रुपमा बढिरहेको छ। 

३ वर्षअघि अथरले मासिक २ सय वटा विद्युतीय स्कुटर बिक्री गथ्र्यो भने अहिले महिनामा १५ हजार विद्युतीय स्कुटर सजिलै बिक्री भइरहेको सीईओ मित्तलले बताएको सीएनएनले लेखेको छ। स्कुटर बिक्रीमात्र होइन कम्पनीको आम्दानी समेत आकाशिँदो रहेको मित्तलले बताएका छन्। 

यसले के संकेत गर्छ भने दुई पांग्रे निजी सवारीको ठूलो हिस्सा रहेको भारत विद्युतीकरण प्रक्रियामा लिम्किसकेको छ। २०३० सम्म पुग्दा भारतीय विद्युतीय दुई पांग्रे सवारी उद्योग १ सय अर्ब अमेरिकी डलरको हुने अनुमान गरिएको छ। विश्वको सर्वाधिक जनसंख्या भएको भारतमा अन्य यातायातका साधनको तुलनामा दुई तथा तीन पांग्रेमै धेरै केन्द्रित हुने गरेका छन्। भारतमा कारको तुलनामा मोटरसाइकल करिब ४ गुणा धेरै बिक्री हुन्छ। 

भारतमा विद्युतीय स्कुटर तथा तीन पांग्रेको बिक्री बढ्दै भएको दिल्ली र बैंगोरका सडकमा देखिने सवारी संख्याले पनि प्रमाणित गर्छ। दुई तथा तीन पांग्रे सवारी विद्युतीय हुँदामात्र केही भएपनि वातावरणका मुद्दा सम्बोधन हुने र वायु प्रदूषणमा कमी आउने अपेक्षा सरकारको छ। भारतका ठूला सहरमा वायु प्रदूषण जटिल विषय बनेको छ। 

भारतमा विद्युतीय स्कुटर तथा रिक्साको दर्ता पछिल्लो ३ वर्षयता १० गुणासम्मले बढेको छ। स्थापित पुरानो दुई पांग्रे उत्पादक हिरो मोटोकर्पले विद्युतीकरणका लागि ठूलो लगानी गरेको छ। हिरो विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी समेत हो। 

electric scooter.PNG

अन्य देशजस्तै भारत पनि हरित प्रक्रयाको यात्रामा तीव्र गतिमा अघि बढेको छ। भारतले यो दशकको अन्त्यपछि बिक्री हुने हरेक तीनमा एक प्यासेन्जर कार विद्युतीय हुने र देशमा बिक्री हुने कुल दुई पांग्रेको ८० प्रतिशत विद्युतीय हुने योजना र अपेक्षा राखेको छ। भारतको यो योजना अन्य विकसित देशका लागि ‘मोडल’ बन्न सक्ने सीएनएनले लेखेको छ। योजनाका बीच भारतलाई लक्ष्य भेट्ने गरि काम गर्न निक्कै चुनौतीहरुको सामना गर्नुपर्नेछ। 

दुई पांग्रेको ‘रिभोलुसन’

पछिल्लो तीन वर्षयता भारतीय बजारमा विद्युतीय दुई पांग्रेका क्षेत्रमा महत्वपूर्ण अवसर सृजना गरेको फ्युचर मोबिलिटी इन्डियाबारेको थिंकट्यांक साझेदार संस्था म्याककिन्सीका ब्रजेश छिब्बरले बताएका हुन्। ‘गत वर्ष भारतमा बिक्री भएको कुल दुई पांग्रे सवारीमध्ये ७ प्रतिशत विद्युतीय थिए,’ छिब्बरले भने, ‘३ वर्ष अघि विद्युतीय दुई पांग्रेको बिक्री लगभग नगन्य थियो। आर्थिक वर्ष ०२३ मा भारतमा १० लाख विद्युतीय दुई पांग्रे बिक्री भएको तथ्यांक छ।’ यो तथ्यांक अविश्वसनीय वृद्धिको संकेत भएको उनको भनाइ छ। 

यसरी दुई पांग्रे विद्युतीय सवारी बिक्री हुनुमा सरकारको बलियो वित्तीय तथा नीतिगत सहयोग हो। भारत सरकारले विद्युतीय सवारी उत्पादनलाई सहयोग गर्न फस्टर एडप्सन एन्ड म्यानुफ्याक्चरिङ अफ इलेक्ट्रिक भेहिकल (एफएएमई) कार्याक्रम कार्यान्यन गरिरहेको छ। २०१९ मा कार्यान्वयनमा ल्याएको यो परियोजनामा भारतले १ खर्ब भारु लगानी गर्ने बताएको थियो। यो लगानी विद्युतीय सवारी खरिद गर्ने उपभोक्तालाई सहुलियत र देशभर चार्जिङ स्टेसन निर्माणमा लगानी गर्ने योजना रहेको थियो। 

सरकारले दिएको नगद सहुलियतले विद्युतीय दुई पांग्रेको स्वीकार्यता उल्लेख्य रुपमा बढाएको छ। सहुलियत पश्चिात दिल्लीमा उच्च गतिको पेट्रोल दुई पांग्रेभन्दा विद्युतीयको मूल्य १५ देखि २० प्रतिशतमात्र बढी रहेको छ। सहुलियत बिना विद्युतीय दुई पांग्रे पेट्रोलको तुलनामा ३० प्रतिशतभन्दा बढी महँगो रहेको छ। सहुलियतले धेरै उपभोक्तालाई विद्युतीयमा आकर्षित गरिरहेको छ।

electric scooter.PNG

सरकारी सहुलियत दर्जनौँ स्टार्टअपले प्राप्त गरिरहेका छन्। सहुलियत पाउनका लागि सरकारले विभिन्न क्राइटेरिया तय गरेको छ। अन्य कयौँ स्टार्टअप विद्युतीय सवारी उत्पादकहरु क्राइटेरिया पूरा गर्न लागि परेको सरकारी तथ्यांकले देखाएको छ। 

भारतजस्तो सार्वजनिक यातायातको सहज उपलब्धता कम भएको देशमा निजी सवारीका रुपमा दुई पांग्रे सवारीको प्रयोग उल्लेख्य हुन्छ। भारतमा बिक्री हुने कुल सवारीको ८० प्रतिशत हिस्सा दुई तथा तीन पांग्रेको रहँदै आएको छ। गत वर्ष बिक्री भएको दुई पांग्रे सवारीमध्ये भारतमा १० लाख विद्युतीय दुई पांग्रे बिक्री हुनुले स्वीकार्यता बढाएको प्रष्ट हुन्छ। अर्को महत्वपूर्ण कुरा भनेको डेलिभरीलगायत लजिस्टिक कम्पनीहरुले विद्युतीय दुई पांग्रेको प्रयोगलाई नै जोड दिएका छन्। प्रदूषण न्यूनीकरणदेखि स्वीकार्यतासम्म यो कुराको प्रत्याक्ष प्रभाव देखिन थालेको विज्ञहरुले बताएका छन्। 

वृद्धि हुने राम्रो अवसर

अहिलेको विद्युतीय दुई पांग्रेको वृद्धि दरलाई राम्रो मानिएपनि सन्तुष्ट हुने अवस्था भने छैन। यो आशा र प्रवद्र्धनका बावजुत तीन मुख्य चुनौतीहरु रहेको विज्ञहरुले औल्याएका छन्। 

भारत चार्जिङ पूर्वाधार विकासका लागि लागि परेको छ। हालसम्म २५ राज्यका ६८ सहरमा चार्जिङ नेटवर्कका लागि काम भइरहेको छ। साथै दर्जनभन्दा बढी हाइवे वा एक्सप्रेसवेमा पनि चार्जिङ पूर्वाधार निर्माणको काम अघि बढी सकेको ठूला उद्योग मन्त्रालयले जनाएको छ। यसका बीच भारत विश्वकै ठूलो देश हो जहाँ २८ राज्यमा हजारौँ सहर छन्। र कयौँ अविकसित तथा ग्रामिण क्षेत्र  छन्। यो भनेको भारतले विद्युतीय सवारीका लागि अझै धेरै गर्नुपर्ने काम बाँकी छ जुन पहिचान हुनै पनि बाँकी छ र सरकारले ठूलो लगानी गर्नुपर्ने हुन्छ। 

डब्लूईएफले गत नोभेम्बरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार भारतले विद्युतीय सवारी विस्तारका लागि ठूलो लगानी गर्नुपर्ने उल्लेख गरेको छ। भारतले दुई तथा तीन पांग्रे सवारीलाई पूर्ण विद्युतीकरण गर्न करिब २ अर्ब ८५ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्नुपर्ने छ।

electric scooter.PNG 

ब्लूस्मार्ट कम्पनीका सीईओ अनमोल सिंह जग्गी जो पूर्ण विद्युतीय स्कुटरबाट फ्लिट सर्भिस दिन्छन्, काअनुसार चार्जिङ गर्ने समस्या नै अहिले प्रमुख रुपमा रहेको छ। योसँगै उपभोक्तालाई विद्युतीय सवारीको महत्व, विशेषता र वातावारणीय हिसाबले यसको भ्यालू बुझाउन आवश्यक रहेको विज्ञहरुले बताउँदै आएका छन्। केही समय उपभोक्तालाई विद्युतीय सवारी प्रयोगको अर्थतन्त्र बुझाउन खर्चनु पर्ने छिब्बरले बाएका छन्। विद्युतीय सवारीको प्रयोगले इन्धन लागतमा र मर्मतमा ठूलो बचत गर्ने कुरा धेरै आम उपभोक्ताले बुझ्न बाँकी रहेको उनको भनाइ छ। 

‘अहिले पनि धेरै अवस्थामा विद्युतीय कार खरिदका लागि हिचकिचाहट हुने अवस्था रहेको छ,’ छिब्बरले भनेका छन्, ‘निकट भविष्यमा ब्याट्रीको लागत कम हुनेवाला छ, विद्युतीय सवारीको उत्पादन बढ्नेवाला छ र अहिलेका धेरै प्रश्नहरु स्वतः हराउने छन्।’ सरकारी अधिकारी र विद्युतीय सवारी स्टार्टअपहरुको पनि यस्तै बुझाइ रहेको छ। 

४ हजारभन्दा बढी कारसहति फ्लिट सर्भिस दिइरहेका जग्गीले दीर्घकालमा विद्युतीय कार तथा दुई पांग्रेको उत्पादन उल्लेख्य बढ्ने छ। ब्याट्रीको लागत निरन्तर घट्दो क्रममा रहेको र ब्याट्रीको इफिसियन्सी बढ्दो क्रममा रहेकाले उपभोक्ता स्वभाविक रुपमा विद्युतीय सवारी प्रति नै आकर्षित हुने उनको विश्वास छ। 


प्रकाशित : मंगलबार, भदौ १२ २०८००३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend