मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

टाटा मोटर्सले २०४५ बाट शून्य प्रदूषण सवारीमात्र उत्पादन गर्ने, विद्युतीय र हाइड्रोजन प्राथमिकतामा 

सोमबार, भदौ ११ २०८०
टाटा मोटर्सले २०४५ बाट शून्य प्रदूषण सवारीमात्र उत्पादन गर्ने, विद्युतीय र हाइड्रोजन प्राथमिकतामा 

टाटाले हाइड्रोजन फ्युल सेलमात्र नभइ हाइड्रोजन फ्युल सेलमा आधारित इन्टरनल कम्बस्चन इन्जिनको विकासमा समेत काम गरिरहेको उनले संकेत गरेका छन्। 

काठमाडौं- टाटा मोटर्सले २०४५ पछि शून्य प्रदूषण सवारीमात्र उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ। त्यसका लागि टाटाले ब्याट्रीमा आधारित विद्युतीय सवारी र हाइड्रोजन फ्युलसेल सवारी उत्पादनलाई प्राथमिकतामा राख्ने बताएको हो। 

टाटा मोटर्सले एउटै प्रविधिमा केन्द्रित हुनेभन्दा मल्टिपल प्रविधि पछ्याउने भएको छ। टाटा मोटर्सले २०४५ पछि शून्य प्रदूषण सवारीमात्र उत्पादन गर्ने र त्यसमा मल्टिपल प्रविधिमा केन्द्रित हुने योजना बनाएको कम्पनीका कार्यकारी निर्देशक गिरिश वागले बताएका छन्। 

वर्तमानमा भारतको विद्युतीय कार बजारमा टाटा मोटर्सले लिड गरिरहेको छ। टाटाका टियागो ईभी, टिगोर ईभी, नेक्सन ईभी, नेक्सन ईभी म्याक्स उपलब्ध छन्। त्यस्तै टाटा मोटर्सले अन्य कयौँ मोडलका विद्युतीय कार ल्याउने मिति नै तय गरिसकेको छ। 

कमर्सियल सवारीको मुख्य खेलाडी टाटाले कमर्सियल सवारीलाई पनि विद्युतीकरण गर्ने बताएको छ। सुरुमा लाइट कमर्सियल सवारीबाट विद्यूतीकरण गरिने कम्पनीको भनाइ छ। कार्बन उत्सर्जनमा न्युट्रल हुने विश्व नीति अनुरुम भारतपनि यो विषयमा दबाबमा छ। त्यसैले भारतीय सवारी उत्पादकहरु शून्य प्रदूषण सवारी उत्पादन गर्नुपर्ने बाध्यतामा पुग्दैछन्। 

टाटा मोटर्सले ब्याट्रीमा आधारित विद्युतीय सवारी र हाइड्रोजन फ्युल सेल प्रविधिमा अलिबढी केन्द्रित भएको वागको भनाइ छ। टाटाले हाइड्रोजन फ्युल सेलमात्र नभइ हाइड्रोजन फ्युल सेलमा आधारित इन्टरनल कम्बस्चन इन्जिनको विकासमा समेत काम गरिरहेको उनले संकेत गरेका छन्। 

‘हाम्रो पहिलो प्राथमिकता हाइड्रोजन इन्टरनल कम्बस्चन इन्जिन विकास नै हो,’ वागले भनेका छन्, ‘हाइड्रोजनका साथै ब्याट्री आधारित विद्युतीय र फ्युल सेल विद्युतीय प्रविधिमा पनि टाटा मोटर्सले काम गरिरहेको छ।’ २०२४ मा टाटा मोटर्सले पहिलो नयाँ शून्य प्रदूषण इन्जिन उत्पादन गर्ने लक्ष्य राखेको छ। 

टाटा मोटर्सका विद्युतीय सवारी नेपाली बजारमा पनि उपलब्ध छन्। नेक्सन ईभी, टिगोर ईभी, नेक्सन ईभी म्याक्स र ट्याक्सीमा एक्सप्रेस टी उपलब्ध रहेका छन्। यस्तै टाटाको कम मूल्यको विद्युतीय कार टियागो ईभी पनि केही दिनमा नेपाली बाजरमा सार्वजनिक हुनेछ। 


प्रकाशित : सोमबार, भदौ ११ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend