आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको नयाँ ठेक्का

शनिबार, भदौ ९ २०८०
जाजरकोटलाई विद्युतीकरण गर्न तीन अर्बको नयाँ ठेक्का

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ। त्यस्तै पुर्वी जाजरकोट सहित तल्लो डोल्पा सम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी रहेको छ।

जाजरकोट- जाजरकोटलाई विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का गरिएको छ।

जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगायतका ठाउँमा नयाँ सबस्टेसन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का खोलिएको हो।

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेसन निर्माण भइसकेको छ। त्यस्तै पूर्वी जाजरकोटसहित तल्लो डोल्पा सम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेसन निर्माण कार्य जारी रहेको छ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतकरण गर्नका लागि समाइला सबस्टेसन निर्माण गर्न ठेक्का खोलि कामको सुरुवात हुने तरखरमा रहेको छ।

त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सबस्टेसनबाट काम हुने भएको छ। रासस


प्रकाशित : शनिबार, भदौ ९ २०८०१२:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend