मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सेरेस ब्रान्डको विद्युतीय कार नाडा अटो शोमा सार्वजनिक हुने

शनिबार, भदौ ९ २०८०
सेरेस ब्रान्डको विद्युतीय कार नाडा अटो शोमा सार्वजनिक हुने

विद्युतीय कार उत्पादनमा केन्द्रित भएको ब्रान्ड सेरेस नाडा अटो शोमा सार्वजनिक हुने तय भएको छ।

काठमाडौं- नाडा अटो शोमा नयाँ ब्रान्ड सेरेसको विद्युतीय कार सार्वजनिक हुने भएको छ। सेरेसको विद्युतीय कार हुवावेसँगको प्रविधि साझेदारीमा उत्पादन हुँदै आएको छ। सवारी ब्रान्ड सेरेस नेपाली अटो बजारमा आउने भएको छ।

विद्युतीय कार उत्पादनमा केन्द्रित भएको ब्रान्ड सेरेस नाडा अटो शोमा सार्वजनिक हुने तय भएको छ। एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले सेरेस ब्रान्ड नेपाल भित्र्याउन लागेको हो। 

विश्वका ७० भन्दा बढी देशमा सेरेसका विद्युतीय कार उपलब्ध छन्। सेरेस एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी ब्रान्डमा पर्छ। सेरेसकै विद्युतीय एसयूभी नेपाल आउन लागेको हो। 

सेरेलले २०२६ सम्ममा वार्षिक १० लाख विद्युतीय कार उत्पादन गर्ने लक्ष्य राखेको छ। यसमा हुवावेको महत्वपूर्ण सहयोग हुने कम्पनीले जनाएको छ। सेरेसले हालसम्म एक लाखभन्दा बढी विद्युतीय कार उपभोक्तालाई हस्तान्तरण गरि सकेको छ। 

सेरेस अमेरिकाको सिलिकन भ्यालीमा स्थापना भएको कम्पनी हो। सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका हिसाबले विद्युतीय कारमा निक्कै अघि रहेको मानिन्छ। हुवावेसँगको पछिल्लो साझेदारी सम्झौताअनुसार नयाँ बन्ने सेरेसका विद्युतीय कार नयाँ प्लेटफर्ममा उत्पादन हुनेछ। 

एमएडब्लू वृद्धिले सुरुवातमा सेरेसको विद्युतीय एसयूभी ल्याउने जनाएको छ। कम्पनीले नेपाल आउने मोडल तथा त्यसको विशेषता तथा रेन्जबारे भने खुलाएको छैन। तर पनि अत्याधुनिक प्रविधियुक्त विद्युतीय एसयूभी उपलब्ध गराउने कम्पनीले जनाएको छ। 


प्रकाशित : शनिबार, भदौ ९ २०८००२:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend