मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

कियाको ईभी फाइभ कन्सेप्ट सार्वजनिक, ईभी नाइनबाट प्रभावित

शुक्रबार, भदौ ८ २०८०
कियाको ईभी फाइभ कन्सेप्ट सार्वजनिक, ईभी नाइनबाट प्रभावित

यो विद्युतीय कारले २ सय १८ पीएस पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्नेछ।

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक कोरियाली कार उत्पादक कम्पनी कियाले अर्को विद्युतीय एसयूभी सार्वजनिक गरेको छ। क्रसओभर सेगमेन्टको ईभी सिक्स र ईभी नाइन एसयूभी बजारमा ल्याएको कियाले नयाँ विद्युतीय क्रसओभर ईभी फाइभको कन्सेप्ट सार्वजनिक गरेको हो। 

कियाले आफ्नो तेस्रो विद्युतीय कार ईभी फाइभ चीनमा सार्वजनिक गरेको हो। आगामी वर्ष चिनियाँ बजारमा बिक्रीका लागि ल्याउने बताएको कियाले त्यसलगत्तै विश्व बजारमा पनि बिक्रीका लागि उपलब्ध गराउने जनाएको छ। 

किया ईभी फाइभ ईभी नाइनको डिजाइनबाट प्रभावित रहेको छ। गएको जनवरीमा भारतमा भएको अटो एक्सपो २०२३ मा शोकेस गरिएको ईभी नाइन हाल उत्पादनको चरणमा रहेको छ। कियाले आफ्ना विद्युतीय कार ई-जीएमपी प्लेटफर्ममा उत्पादन गरिरहेको छ। ईभी फाइभ पनि सोही प्लेटफर्ममा बन्ने छ। किया ईभी फाइभ ईभी नाइनभन्दा सानो तर क्रसओभर सेगमेन्टको हुनेछ। 

किया ईभी फाइभको लेन्थ ४ हजार ६ सय १५ एमएम र ह्वीलवेस २ हजार ७ सय ५० एमएम हुनेछ। ईभी फाइभमा ८२ किलोवाट आवरको ब्याट्री प्याक हुने र एक पटकको फुल चार्जमा करिब ६ सय किलोमिरट रेन्ज दिनेछ। यो विद्युतीय कारले २ सय १८ पीएस पावर र ३ सय १० एनएम टर्क जेनेरेट गर्नेछ।

Kia-EV5.jpg 

कियाका विद्युतीय कार नेपाली बजारमा समेत विगतदेखि नै उपलब्ध छ। निक्कै अघिदेखि आउने चर्चा भइरहेको ईभी सिक्स नेपाल आउने निश्चित भएसँगै कम्पनीले बुकिङ खुलाएको हो। कियाका विद्युतीय कार धेरै अघिदेखि नेपाली बजारमा बिक्री हुँदै आएको छ। कन्टिनेन्टल ट्रेडिङले साउन १ देखि ईभी सिक्सको बुकिङ खुलाएको हो। 

कन्टिनेन्टलले किया ईभी सिक्सलाई नाडा अटो शो २०२३ अगावै आइपुग्ने र शोमा प्रमुख आकर्षणका रुपमा प्रदर्शनीका लागि राख्ने भएको छ। यो कारको नेपाली बजार मूल्य सवा करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। 

किया ईभी सिक्समा ७७.४ किलोवाट आवरको ब्याट्री रहेको छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १० किलोमिटर रेन्ज दिने छ भने यसमा १ सय ६० किलोवाट पिक पावरको मोटर रहेको छ। किया ईभी सिक्स ई-जीएमपी सकेटबोर्ड आर्किटेक्चरमा आधारित कियाको पहिलो मोडल हो। 

यसअघि कियाको सोल ईभी र निरो ईभी नेपाली बजारमा उपलब्ध थियो। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले निरो ईभी पुनः ल्याउने तयारी गरिरहेको छ। अब भने क्रमिक रुपमा नयाँ नयाँ विद्युतीय कार आउने क्रम बढेको छ। ईभी फाइभ पनि विश्व बजारमा बिक्रीका लागि उपलब्ध भएसँगै नेपाली बजारमा पनि आउने छ। 


प्रकाशित : शुक्रबार, भदौ ८ २०८०१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend