मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

आधिकारिक रूपमा नेपाल भित्रियो अउडी, क्यू फोर ३५ ई-ट्रोनका दुई मोडल आए 

शुक्रबार, भदौ ८ २०८०
आधिकारिक रूपमा नेपाल भित्रियो अउडी, क्यू फोर ३५ ई-ट्रोनका दुई मोडल आए 

काइरोसले उपलब्ध गराएको क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ।

काठमाडौं- जर्मनी विलासी कार उत्पादन कम्पनी अउडी आधिकारिक रुपमा नेपाल भित्रिएको छ। अउडीले उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको हो। 

काइरोस इन्टरनेसनल काठमाडौंले अउडीका विद्युतीय कार आधिकारिक बिक्रेताको रूपला ल्याएको हो। सुरूमा कम्पनीले अउडीका क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल आएका हुन्। 

अउडी जर्मनीले उत्पादन गरेको विद्युतीय कार नेपाल आएको काइरोसले जनाएको छ। नेपाल आएका अउडीका विद्युतीय कार जर्मनीमै उत्पादन भएको र यी विद्युतीय कार आधिकारिक बिक्रेतामार्फत नै आयात भएको कम्पनीको भनाइ छ। 

सुरुवाती चरणमा काइरोसले अउडीको क्यू फोर ३५ ई-ट्रोनको दुई भेरियन्ट ल्याएको छ। यो विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। यो ब्याट्रीलाई फास्ट चार्जरबाट ३० मिनेटमै १० बाट ८० प्रतिशतसम्म रिचार्ज गर्न सकिन्छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोवट रहेको छ। 

अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ। अउडीको विद्युृतीय कार उत्कृष्ट विशेषतायुक्त छ। विश्वका विभिन्न देशमा अउडीको ई-ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको छ। 

etron 1.jpg

रेयर ह्वील ड्राइभ अप्सनमा उपलब्ध १ सय २५ किलोवाटको मोटर रहेको क्यूफोर एसयूभीको टप स्पीड क्षमता १ सय ६० किलोमिटर प्रतिघण्टा रहेको छ। यो कारले ९ सेकेन्डै शून्यबाट १ सय किलोमिटर प्रतिघन्टाको गति तय गर्न सक्छ।  

अउडी क्यूफोर ई-ट्रोन विद्युतीय कम्याक्ट एसयूभी हो। एलइडी हेडलाइट र क्लोज ग्रिलको बीचमा रहेको अउडीको चारवटा रिङ लोगोले यसलाई टाढैबाट छुट्याउन सकिने गरि डिजाइन गरिएको छ। 

क्यूफोर ई-ट्रोनमा १९ इन्चको डिउल टोन अलोय ह्वील रहेको छ भने स्लोपिङ रुफ लाइनले यो एसयूभीलाई क्रसओभरको झल्को दिएको छ। यसको सेन्टरमा १०.१ इन्चको इन्फोटेन्मेन्ट स्क्रिन छ भने अर्को १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पनि उपलब्ध रहेको छ।

जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको जनाएको छ। विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ। 

काइरोसले उपलब्ध गराएको क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै अउडीकोक्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००७:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend