आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

समयमै काम नगरेपछि मेलम्ची-धाप सडक विस्तारको ठेक्का रद्द

शुक्रबार, भदौ ८ २०८०
समयमै काम नगरेपछि मेलम्ची-धाप सडक विस्तारको ठेक्का रद्द

सुरु सम्झौताअनुसार उक्त आयोजनाको काम २०७७ माघ २८ गते सकिनु पर्ने थियो।

काठमाडौं- निर्माण व्यवसायीले समयमै काम नगरेपछि मेलम्ची-धाप सडकको ठेक्का रद्द गरिएको छ। संघीय सडक सुपरिवेक्षण तथा अनुगन काार्यालय अन्तर्गत सडक डिभिजन चरिकोटले ठेक्का अन्त्य गरेको जनाएको छ। 

सिन्धुपाल्चोकको मेलम्चीदेखि धापसम्मको सडक विस्तार तथा स्तरोन्नतीको काम एपेक्स खड्का कृष्ण जेभीले पाएको थियो। यो कम्पनीसँग २०७५ माघ १८ गते ठेक्का सम्झौता भएको थियो।

सुरु सम्झौताअनुसार उक्त आयोजनाको काम २०७७ माघ २८ गते सकिनु पर्ने थियो। तर समयमा काम नभएपछि सडक डिभिजन चरिकोटले २ पटक म्याद थप गरेको थियो। दोस्रोपटक थपिएको म्याद २०७९ चैत ३० मै सकिएको हो। 

त्यसपछि आयोजनाले फिल्डमै गएर निर्माण व्यवसायीलाई सम्पर्कमा आउन ३० दिनको समय दिएको थियो। पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत सम्झौताको सर्त नमानेपछि ठेक्का अन्त्य गरिएको सडक डिभिजन चरिकोटले सूचना मार्फत जनाएको छ। 


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend