मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नाडा अटो शोमा फोटोनको विद्युतीय पिकअप र भ्यान सार्वजनिक हुने

बिहीबार , भदौ ७ २०८०
नाडा अटो शोमा फोटोनको विद्युतीय पिकअप र भ्यान सार्वजनिक हुने

फोटोनको विद्युतीय पिकअप ट्रक टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।

काठमाडौं- नेपालमै पहिलोपटक विद्युतीय पिकअप ट्रक सार्वजनिक हुने भएको छ। फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले फोटोनको विद्युतीय पिकअप ट्रक टीएम वान र १४ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गर्ने भएको छ। 

फोटोनको विद्युतीय पिकअप ट्रक टीएम वानले एक पटकको फुल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ। यस विद्युतीय पिकअप ट्रक १४ सय किलोको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ। 

नाडा अटो शोमा एमएडब्लू वृद्धिले फोटोनका विद्युतीय पिकअप र १४ र १५ सिट क्षमताको विद्युतीय भ्यान सार्वजनिक गर्न लागेको हो। नेपालमा उपलब्ध हुने उक्त विद्युतीय टीएम वान पिकअप पूर्णरपमा यहाँको भूगोल सुहाउदो रहेको छ। यस विद्युतीय पिकअपले नेपाली बजारमा नयाँ आयाम ल्याउने विश्वास कम्पनी लिएको छ। 

नेपालको चुनौतीपूर्ण भूभागमा विगत २-३ महिनामा सफल परीक्षण गरेपछि कम्पनीले आम रुपमा बिक्रीका लागि उक्त टीएम वान विद्युतीय पिकअप ट्रक सार्वजनिक गर्ने तय गरेको हो। साथै १४/१५ सिट क्षमताको विद्युतीय भ्यान पनि औपचारिक रपमा सोही कार्यक्रमा सार्वजनिक गर्ने तयारी रहेको कम्पनीको भनाइ छ।  

एसी, टच स्क्रिन, पावरविन्डोजस्ता प्रिमियम विशेषताका कारण यस विद्युतीय पिकअप ट्रक एकदमै लक्जरी रहेको कम्पनीको दाबी छ। सहरी क्षेत्रमा सामान ओसारपसार गर्न तथा कार्गो प्रयोजनका लागि उच्च विशेषताका कारण धेरै ग्राहकहरुको रोजाइमा रहेको कम्पनीले जनाएको छ।

यसका साथै एकपटकको फुल चार्जमा २ सय ८० किलोमिटरसम्म रेन्ज दिने भएकाले मध्यम दुरीमा समेत उपयुक्त हुनेछ। यसअघि कम्पनीले २ सय ३५ किलोमिटर रेन्जको विभिन्न कार्गाे तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा ल्याएर परीक्षण गरेको थियो। पर्यावरण र ग्राहकको हितका लागि सदैव सक्रिय रहने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार नाडा अटो शोमा गाडी खरिद गर्ने ग्राहकहरुको लागी विशेष छुटको ब्यवस्था रहेको छ।


प्रकाशित : बिहीबार , भदौ ७ २०८०१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend