मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

केपीएमजीको कर्पोरेट तालिम नेपालमा सुरु गर्दै आईएसएस

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २९ २०७८
केपीएमजीको कर्पोरेट तालिम नेपालमा सुरु गर्दै आईएसएस

शैक्षिक योग्यता भएका तर सिपको अभावमा बजारमा सिर्जना भएको समस्या समाधान गर्न तालिमको सुरु गर्न लागिएको उनले जानकारी दिए। 

काठमाडौं- आईएसएस स्कुल फर इन्टरनेशनल स्किलले नेपालमा केपीएमजीको कर्पोरेट तालिम सुरु गर्ने भएको छ। 

नेपालमा बजारको माग अनुसारको जनशक्ति तयार पार्नेभन्दै स्थापना भएको आईएसएसले केपीएमजीको विभिन्न कोर्सहरुमा तालिम दिने छ।                  

नेपालको तालिम क्षेत्रमा यो हालसम्मकै ठूलो उपलब्धी भएको आईएसएसका अध्यक्ष पंकज जलानले बताए। 

संस्थाले सीप परीक्षण गरि ग्याप पहिचान गरेर तालिमको सिफारिस गर्ने जलानको भनाइ छ। 

शैक्षिक योग्यता भएका तर सिपको अभावमा बजारमा सिर्जना भएको समस्या समाधान गर्न तालिमको सुरु गर्न लागिएको उनले जानकारी दिए। 

तालिमका लागि आजै केपीएमजीसँग सम्झौता हुने उनको भनाइ छ। 

नेपालको अर्थतन्त्र विस्तारकै क्रममा रहेको र यसका लागि दक्ष जनशक्तिको आवश्यकता पर्ने उनको भनाइ छ। यही आवश्यकता पूरा गर्न केपीएमजीको तालिम सहयोगी हुने उनको भनाइ छ।

उद्योगको मागअनुसारको सीप अत्यन्तै आवश्यक हुने र यस्तै आवश्यकतालाई मध्यनजर गरेर नेपालमा सुरु भएको तालिम स्कुल सान्दर्भिक भएकोउनले बताए।

उद्योगको आवश्यकताअनुसार तालिको स्थान र शुल्क निश्चित हुने उनको भनाइ छ। 

 


प्रकाशित : सोमबार, कात्तिक २९ २०७८१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend