मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

साउनमा १ सय १० वटा विद्युतीय कार आयात

बुधबार, भदौ ६ २०८०
साउनमा १ सय १० वटा विद्युतीय कार आयात

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ सय १० वटा विद्युतीय कार आयात भएका छन्। यो अवधिमा सबैभन्दा धेरै ५१ देखि १ सय किलोवाटसम्मका विद्युतीय कार आयात भएको हो। 

५० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कार २१ वटा आयात भएको छ। त्यस्तै ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएका ८१ वटा, १ सय १ देखि २ सय किलोवाटसम्म मोटर भएका ५ वटा र २ सय १ देखि ३ सय किलोवाटसम्म मोटर क्षमता भएका ३ वटा विद्युतीय कार आयात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। 

सरकार विद्युतीय कार आयातमा कर सहुलियत दिएकाले विद्युतीय कारको आयात क्रमिक रुपमा बढ्दै गएको छ। 

विभिन्न क्षमताको मोटर पिकपावर भएका १ सय १० वटा विद्युतीय कारको आयात मूल्य ३४ करोड ६ लाख ११ हजार रुपैयाँ रहेको छ। त्यस्तै उक्त संख्यामा विद्युतीय कार आयात हुँदा सरकारले १८ करोड २३ लाख ९० हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ। 

नेपालमा चीन, भारत, कोरियालगायत मुलुकबाट विद्युतीय कार आयात हुँदै आएको छ। सरकार विद्युतीय कारको आयात र कर्जा प्रवाहमा समेत कडाइ नगरेकाले विद्युतीय कारको आयात तथा प्रयोग बढ्दै गएको छ। 


प्रकाशित : बुधबार, भदौ ६ २०८००८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend