शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

नारायणगढ-मुग्लिन सडक अपराह्न ३ बजेसम्ममा खुल्ने

images
मंगलबार, भदौ ५ २०८०
images
नारायणगढ-मुग्लिन सडक अपराह्न ३ बजेसम्ममा खुल्ने

सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो। पाँच/सात मिनेटको फरकमा ढुंगा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको हो।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ।

images
images
images

सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो।

images
images

सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको हो। अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन्। पौडेलले भने, 'थप समस्या नभएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ।'

images
images

पाँच/सात मिनेटको फरकमा ढुंगा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको उनको भनाइ छ। पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान छ। करिब ६०-७० मिटर माथिबाट पहिरो झरेको हो।

सोमबारदेखि नै सवारी साधनहरु रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ ५ २०८००६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend