शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

दिउँसो बाँदर र राति बँदेल आतंक, अछामका किसानलाई बाली जोगाउनै मुस्किल

images
मंगलबार, भदौ ५ २०८०
images
दिउँसो बाँदर र राति बँदेल आतंक, अछामका किसानलाई बाली जोगाउनै मुस्किल

दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ। जंगली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको किसान गुनासो गर्छन्।

images
images

अछाम- अछाममा जंगली बँदेलको आतंकले किसानले हैरानी खेप्नुपरेको छ। मकै, धानबाली नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्।

images
images
images

जिल्लाका अधिकांश ठाउँमा किसानले लगाएको धान, कोदो, मकैबाली जोगाउन मुस्किल परेको किसानले बताएका छन। राति घर बाहिर पहरा दिएर बस्दा पनि धान, मकैबाली जोगाउन नसकिएको मंगलसेन नगरपालिका-६ ठूलासैनका स्थानीय किसान सुवानाथ भण्डारीले बताए।

images
images

अधिकांश खेतबारीमा किसानले होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने फोटेका लुगाकपडा टाँगेर मान्छेजस्तै पुत्ला बनाएर पनि कुनै उपाय नलागेको किसानले बताएका छन्।

images
images

जिल्लाको मंगलसेन नगरपालिका-६ लगायत विभिन्न लेकाली ठाउँमा जंगली जनावर बँदेलले धान, मकैबाली नष्ट गरेपछि किसान अहिले भोकमरी हुन्छ कि भन्ने चिन्तामा बसेका छन् ।

दिउँसोमा बाँदर र राति बँदेल, भालु कारण किसानलाई पाक्न लागेको खेती जोगाउन समस्या परेको छ। जंगली जनावरले धान, मकैलगायतका बाली नष्ट गर्न थालेपछि किसान रातभर जाग्राम बस्ने गरेको उनले सुनाए। यस समस्या समाधान र क्षतिपूर्तिका लागि पालिकाले पहल गरिदिनुपर्ने किसानको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, भदौ ५ २०८००५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend