शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

गवारो रोगको प्रकोपले मर्न थाल्यो धानको गुभो, उत्पादन घट्ने चिन्तामा किसान

images
सोमबार, भदौ ४ २०८०
images
गवारो रोगको प्रकोपले मर्न थाल्यो धानको गुभो, उत्पादन घट्ने चिन्तामा किसान

म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन। धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफै गर्दै आएका छन्।

images
images

गलेश्वर- म्याग्दीका किसानले लगाएको धानखेतीमा गवारो र पातबेरुवा रोगको प्रकोप देखिएको छ। गबारो कीराको प्रकोपले बढ्दै गरेको धानका बिरुवाका पात पहेँलो हुनुका साथै धानका गुभो मर्न थालेपछि किसान चिन्तित बनेका छन्।

images
images
images

समयमा नै वर्षा नभएकाले ढिलोगरी कष्टका साथ रोपाइँ गरेका यहाँका किसान हुर्कँदै गरेका धानका बिरुवामा पातबेरुवा र गवारोको प्रकोप देखिएपछि उत्पादन घट्ने भन्दै चिन्तित बनेका हुन्। अन्य वर्षभन्दा यस वर्ष मनसुन ढिलोगरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परिरहेको छ।

images
images

किसान धानको गोडमेलमा व्यस्त छन्। खेतमा धानका पात पहेँला भएका र गुभो मर्न थालेको देखेपछि किसानले वडाका कृषि प्राविधिक तथा कृषि ज्ञानकेन्द्रमा जानकारी दिने गरेका मालिका गाउँपालिका-७ का किसान टेकवीर बुढाले बताए। सुरुमा जिल्लाको पश्चिमी भेगमा देखापरेको यो रोग विस्तारै दक्षिणी भेगसम्म सरेको छ। म्याग्दीका अधिकांश ठाउँमा यो रोग देखा परे पनि कति क्षति भएको यकीन हुन सकेको छैन। धानमा यो रोग देखापरेपछि यसको निदान किसानले आफै गर्दै आएका छन्।

images
images

कृषि प्राविधिकले पनि रोगकीरा निदानका लागि औषधि छर्किन सल्लाह दिएका छन्। यहाँका किसानले बढीमात्रामा स्थानीय जातको गौरिया, गुडुरा, जेठोबुढोलगायतका जातका धानखेती गर्ने भएकाले यो बालीमा बढीमात्रामा गवारो र पात बेरुवा रोग लाग्ने गरेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए।

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव कीरा हो। धानमा गाँज आउनेदेखि लिएर फूल फुल्ने वा बोटको वयस्क अवस्थासम्म यसले आक्रमण गरी बर्सेनि ठूलो क्षति पुर्‍याउने गरेको किसानको गुनासो छ। कीराको प्रकोप तीव्ररूपमा फैलने भएकाले धानका बोट केही दिनमा नष्ट हुने गरेको किसानको भनाइ छ।

धानमा पहेँलो गवारो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङको ट्टट्ट गरी ६ किसिमका गवारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञ बताउँछन्। धानको बिरुवा/बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ। धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले कीराको संक्रमण सहजै फैलनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख किरण सिग्देलले जानकारी दिए।

'गवारो कीराको संक्रमण देखिँदा किसानले समयमा ध्यान दिए रोकथाम गर्न सक्छन्, यसका लागि रासायनिक विषादीको प्रयोग तथा सुक्ष्म तत्वको प्रयोग गर्नुपर्छ', अधिकृत सिग्देलले भने, 'धान खेतमा कीराको प्रकोपले बर्सेनि धान उत्पादनमा कमी हुने गर्छ, त्यसैले किसानले समयमै ध्यान दिन जरुरी छ।' 

म्याग्दीमा तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुन्छ। यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण-३, खुमल-४, खुमल-१०, लुम्ले-२ लगायतका उन्नत जातका धानखेती हुने गर्छ। लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ। कोदोको भने स्थानीय जातको खेती हुने गर्छ। रासस


प्रकाशित : सोमबार, भदौ ४ २०८००८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend