शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

मारवाडी समुदायविरुद्ध घृणा फैलाउने दुर्गा प्रसाईको अभिव्यक्ति खेदजनक : विराटनगर महागर प्रमुख  

images
आइतबार, भदौ ३ २०८०
images
मारवाडी समुदायविरुद्ध घृणा फैलाउने दुर्गा प्रसाईको अभिव्यक्ति खेदजनक : विराटनगर महागर प्रमुख  

मारवाडी समुदायप्रति प्रसाईले दिएको अभिव्यक्ति खेदजनक रहेको उनले उल्लेख गरेका छन्। 

images
images

काठमाडौं- विवादित मेडिकल व्यवसायीले सामुदायिक सहिष्णुतामा खलल पुग्नेगरि दिएको अभिव्यक्तिप्रति विराटनगर महानगरपालिकाले आपत्ति जनाएको छ। 

images
images
images

महानगरका प्रमुख नागेस कोइरालले आज विज्ञप्ति जारी गर्दै मारवाडी समुदायविरुद्ध दिएको अभिव्यक्ति खेदजनक रहेको उल्लेख गरेका छन्। 

images
images

नेपालको आर्थिक विकास तथा औद्योगिककरणमा मारवादी समुदायको उच्च योगदान रहेको स्मरण गराउँदै प्रमुख कोईरालले कुनै पनि समुदायलाई चोट पुग्ने कुनै पनि गतिविधिका विरुद्धमा महानगर रहेको उल्लेख गरेका छन्। 

images
images

‘देश विकासमा सबै जातिको भूमिका रहदै आएको छ। त्यसै मध्यको मारवाडी समुदाय पनि एक हो। नेपालको औद्योगिक र व्यावसायिक विकासमा मारवाडी समुदायको योगदान महत्वपूर्ण रहदै आएको छ। औद्योगिक र व्यावसायिक लगानीमार्फत रोजगारी सिर्जनासँगै देशको अर्थतन्त्रलाई चलायमान बनाउनसमेत यो समुदायको योगदान रहँदै आएको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ। 

मारवाडी समुदायप्रति प्रसाईले दिएको अभिव्यक्ति खेदजनक रहेको उनले उल्लेख गरेका छन्। 

‘देशको आर्थिक र सामाजिक क्षेत्रमा योगदान दिँदै आएको मारवाडी समुदायलाई लक्षित गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईले दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दछु। प्रसाईको अभिव्यक्तिले विराटनगरका मात्रै नभएर देशका विभिन्न ठाउँमा छरिएर बसोबास गर्ने समग्र मारवाडी समुदायमाथि आघात पुग्नुका साथै स्वाभिमान मात्रै नै प्रहार भएको मैले महसुस गरेको छु’ कोईरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। 

मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहसनहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण र समाजमा द्वेष फैलाउने गरी प्रसाईले दिएको सार्वजनिक अभिव्यक्ति अत्यन्तै खेदजनक र भर्त्सनायोग्य रहेको उनले बताएका छन्। 

प्रसाईले एउटा अन्तर्वार्तामा मारवाडी समुदायले देशको अर्थतन्त्र तहसनहस पारेको भन्ने अभिव्यक्ति दिएका थिए। उनको अभिव्यक्तिविरुद्ध उजुरीसमेत परिसकेको छ। 


प्रकाशित : आइतबार, भदौ ३ २०८०१५:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend