शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

पुल नहुँदा फड्केको प्रयोग

images
आइतबार, भदौ ३ २०८०
images
पुल नहुँदा फड्केको प्रयोग

पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन्।

images
images

मनाङ- हिमाली जिल्ला मनाङमा दुई वर्षअघि अधिकांश झोलुंगे पुल बाढीले बगायो। नासों गाउँपालिका-५ र ६ जोड्ने पुल हालसम्म पनि नबन्दा स्थानीयवासी आवतजावत गर्न र विद्यालय तथा स्वास्थ्यचौकी पुग्न फड्के प्रयोग गर्न बाध्य हुँदै आएका छन्।

images
images
images

पुल नबन्दा फड्के बगाउँछ भनेर स्थानीयवासीले दूध खोला बढे फड्के निकाल्ने र खोला घटेमा फड्के राख्ने गर्दै आएका छन्। वडा कार्यालय तथा स्थानीय सरकारले मात्रै यस खोलामा पुल बनाउन सक्ने अवस्था नहुँदा यस्तो समस्या भोग्नुपरेको वडा नं ६ का वडाध्यक्ष ओम गुरुङले बताए।

images
images

दूधखोला र मर्स्याङ्दी नदीको बहाव बढेमा यो फड्के बगाउँछ भनेर निकाल्ने र राख्नेगरी गुजारा चलाइएको गुनासो गर्दै उनले पुल निर्माणमा प्रदेश सरकारसमक्ष बजेट माग गरिएको बताए। झोलुंगे पुल नहुँदा यहाँका पाँच वडाका विद्यार्थीलाई विद्यालय जान ज्यानकै बाजी लगाउनुपर्ने अवस्था छ।

images
images

उपचारका लागि बिरामी स्वास्थ्यचौकीमा पुग्न पनि त्यस्तै सकस भएको छ। दूधखोला र मर्स्याङ्दी बढेका बेला वारपार गर्न नसकिने र कोही बिरामी भइहाले झन समस्या बल्झिने गरेकाले प्राविधिक कार्यमा तीनै तहका सरकारले व्यवस्थापन गरिदिए श्रमदान गर्न स्थानीयवासी तयार रहेको वडाध्यक्ष गुरुङले बताए।

'दैनिक गुजारा टार्नका लागि पनि उनीहरूकै सक्रियतामा फड्के बनाइएकोे हो, पुल निर्माण गर्न पनि यहाँका बासिन्दा तयार छन्, यतिमात्र हो कि बजेट र प्राविधिकको खटाइ आवश्यक परेको हो', उनले भने, 'कुनै पनि त्रास बिना बालबालिका विद्यालयसम्म पुगुन्, बिरामीलाई अस्पतालसम्म सहजरुपमा लैजान सकियोस् भन्ने अपेक्षासहित उनीहरू पुल निर्माणमा श्रमदान गर्न हामी तयार छौँ भन्दै आएका छन्।'

सरकारबाट बजेटको व्यवस्था हुनासाथ यहाँको पुल निर्माणमा स्थानीयवासी खटिने वडाध्यक्ष गुरुङको भनाइ थियो। रासस


प्रकाशित : आइतबार, भदौ ३ २०८०१०:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend