शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड, बजेट अभावले काम रोकिँदैन : मन्त्री ज्वाला

images
शनिबार, भदौ २ २०८०
images
महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड, बजेट अभावले काम रोकिँदैन : मन्त्री ज्वाला

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ। भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा छ।

images
images

कञ्चनपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताएका छन्।

images
images
images

महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए। 'पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ', उनले भने, 'यसलाई देशकै प्रमुख नाकाका रुपमा सञ्चालन गर्छौँ।'

images
images

मन्त्री ज्वालाले महाकाली पुल बहुउपयोगी र शारदा ब्यारेजको विकल्पका रुपमा रहेको बताए। 'यसले नेपाल-भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ', उनले भने, 'पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ।' पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाए। पुल निर्माणको काम बजेट अभावले नरोकिने उनको भनाइ थियो।

images
images

निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताए। 'पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ', उनले भने, 'पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।' चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेयले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ। भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा छ। सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २ २०८००७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend