आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

५० भन्दा बढी स्थानमा विद्युत् आपूर्ति अवरुद्ध, कहाँ-कतिबेलादेखि आउँछ सञ्चालनमा?

शनिबार, भदौ २ २०८०
५० भन्दा बढी स्थानमा विद्युत् आपूर्ति अवरुद्ध, कहाँ-कतिबेलादेखि आउँछ सञ्चालनमा?

निर्धारित समयअघि काम सम्पन्न भए विद्युत् सेवा तोकिएको समयअगावै सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ।

काठमाडौं- आज काठमाडौंका ५० भन्दा बढी क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले ती क्षेत्रका विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ। साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।

निर्धारित समयअघि काम सम्पन्न भए विद्युत् सेवा तोकिएको समयअगावै सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ।

bijuli.jpeg
undefined


प्रकाशित : शनिबार, भदौ २ २०८००५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend