मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

देशभर टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’, जुनसुकै ब्रान्डको गाडी लगेर टाटाको ईभी किन्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
देशभर टाटा मोटर्सको ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’, जुनसुकै ब्रान्डको गाडी लगेर टाटाको ईभी किन्न सकिने

यो एक्सचेन्ज क्याम्प शुक्रबार अर्थात भदौ १ गतेदेखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा सुरु भएको छ।

काठमाडौं- टाटा मोटर्सले नयाँ एक्सचेन्ज अफर ल्याएको छ। चाडपर्व अघि नै चाडपर्वभन्दा धेरै फाइदाहरुका साथ विभिन्न आकर्षक उपहारहरु रहेको सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको हो। 

यो एक्सचेन्ज क्याम्प शुक्रबार अर्थात भदौ १ गतेदेखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। 

अहिले नेपाली बजारमा ईभी गाडीहरु प्रति ग्राहकहरुको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ ईभी गाडी प्रतिको रुची निकै बढ्नुका साथै बिक्री पनि त्यही क्रममा बढिरहेको छ। प्रदूषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा इन्धन (पेट्रोल वा डिजेल)बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय कारसँग साट्ने क्रम बढ्दो छ। 

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय कारसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ। 

ग्राहकहरूलाई विभिन्न रिकन्डिसन जानुको झन्झट आवश्यकता पनि नपर्ने सिप्रदीले जनाएको छ। अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्डमार्फत उचित मूल्यांकन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाइनेछ।

गाडी मूल्यांकन गर्न आउने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्नु हुनेछ। साथै कार्यक्रमका अन्य प्रमुख आकर्षणहरु यस प्रकारका छन्। 

जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था, एकै ठाउँबाट गाडीको मूल्यांकन, न्युनतम चार लाखको गाडी मूल्यांकन, एक्सचेन्ज बोनस, एकै ठाउँमा इन्स्योरेन्सको सुविधा, ८० प्रतिशतसम्म नयाँ गाडी फाइनान्सिङको सुविधा कम्पनीले उपलब्ध गराउने छ। 

त्यस्तै नयाँ गाडीको बुकिङ तथा मूल्यांकन सँगै आकर्षक उपहार, निःशुल्क गाडीको थप एक्सेसोरिज, गाडी सम्बन्धि दक्ष व्यक्तिद्वारा परामर्श तथा सल्लाह सुझावसमेत दिइने कम्पनीको भनाइ छ। 

यो कार्यक्रम सीमित अवधिका लागि टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ। 


प्रकाशित : शुक्रबार, भदौ १ २०८०१२:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend