मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सांग्रिला मोटर्सले सुरु गर्‍यो सिट्रोन ई-सी थ्रीको हस्तान्तरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
सांग्रिला मोटर्सले सुरु गर्‍यो सिट्रोन ई-सी थ्रीको हस्तान्तरण

यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

काठमाडौं- नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले  सिट्रोन ई-सी थ्रीको हस्तान्तरण सुरु गरेको छ। सिट्रोन ई-सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ। 

फ्रन्ट ह्वील ड्राइभ सिट्रोन ई-सी थ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ। सिट्रोन ई-सी थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। यो ईभीको टप स्पीड १ सय ७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ। 

एआरएआईका अनुसार सिट्रोन ई-सी थ्रीले एक पटकको फुल चार्जमा ३ सय २० किलोमिटरसम्मको रेन्ज दिन्छ। यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

साथै यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ। कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ। त्यसैगरि यसमा दिएको विद्युतीय मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ।

सिट्रोन ई-सी थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ। आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडी बढ्न चाहने जोसुकैको लागि सिट्रोन ई-सी थ्री एउटा उपयुक्त रोजाई हो।

लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको सिट्रोन ई-सी थ्री थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुममा उपलब्ध छ। त्यस्तै  बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जनाएको छ।

केही साताअघि काठमाडौं आइपुगेको सिट्रोन ई-सी थ्रीको टेस्टड्राइभका लागि उपलब्ध गराइएको थियो। 


प्रकाशित : शुक्रबार, भदौ १ २०८०११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend