शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

एक वर्षमा वैदेशिक अध्ययनमा बाहिरियो १ खर्ब ४२ करोड

सेवा क्षेत्र ८३ अर्ब ८५ करोडले घाटामा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १ २०८०
images
एक वर्षमा वैदेशिक अध्ययनमा बाहिरियो १ खर्ब ४२ करोड

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक आर्थिक तथा वित्तीय स्थितिमा वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम बढेको देखाएको छ।

images
images

काठमाडौं- गत आर्थिक वर्ष वैदेशिक अध्ययनमा १ खर्ब ४२ करोड ३३ लाख रूपैयाँ मुलुकबाट बाहिरिएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक आर्थिक तथा वित्तीय स्थितिमा वैदेशिक अध्ययनका लागि नेपालबाट बाहिरिने रकम बढेको देखाएको छ। अघिल्लो आर्थिक वर्ष वैदेशिक अध्ययनका लागि ६७ अर्ब ७० करोड रुपैयाँ बाहिरिएको थियो। 

images
images
images

गत आर्थिक वर्ष वैदेशिक भ्रमण बापतको व्यय ४४ अर्ब पुगेको छ। यस्तो व्यय अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ४८.२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष भ्रमण व्यय बापत ३० अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

images
images

गत आर्थिक वर्ष नेपालको खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा भने गत आर्थिक वर्ष सेवातर्फको घाटामा कमी आएको छ। अघिल्लो आर्थिक वर्ष खुद सेवा आय १ खर्ब ८ अर्बले घाटामा रहेको थियो।

images
images

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण आय ८९.६ प्रतिशतले बढेर ६१ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड मात्रै रहेको थियो।


प्रकाशित : शुक्रबार, भदौ १ २०८००७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend