मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

राष्ट्रिय वाणिज्य बैंकले ३ करोड २७ लाखको विद्युतीय कार किन्ने

शुक्रबार, भदौ १ २०८०
राष्ट्रिय वाणिज्य बैंकले ३ करोड २७ लाखको विद्युतीय कार किन्ने

पछिल्लो पटक सरकारी निकायले पनि विद्युतीय सवारी खरिदलाई नै प्राथमिकता दिन थालेका छन्। 

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले एकैपटक ठूलो संख्यामा सवारीसाधन खरिद गर्दै छ। विद्युतीय र आईसी इन्जिनयुक्त कार किन्नका लागि बैंकले बोलपत्र स्वीकृत गर्न सूचना प्रकाशित गरेको हो। 

पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३ करोड २७ लाख ९२ हजार रुपैयाँ (भ्याटसहित) बराबरको विद्युतीय कार किन्न लागेको हो। पछिल्लो पटक सरकारी निकायले पनि विद्युतीय सवारी खरिदलाई नै प्राथमिकता दिन थालेका छन्। 

त्यस्तै बैंकले १ करोड ४४ लाख ९५ हजार रुपैयाँ(भ्याटसहित) बराबरको पेट्रोलियम सवारी पनि खरिद गर्न लागेको हो। बैंकले प्याकेज एमा विद्युतीय सवारी र प्याकेज बीमा पेट्रोलियम सवारी किन्न लागेको हो। 

'प्याकेज ए' अन्तर्गत विद्युतीय सवारीका लागि राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम मूल्यांकन गर्ने मध्येबाट सिप्रदी ट्रेडिङलाई छनोट गर्ने आयसको सूचना निकालेको छ। सिप्रदीले बैंकलाई ३ करोड २७ लाख ९२ हजार रुपैयाँको विद्युतीय सवारी सप्लाइ गर्नेछ। 

त्यस्तै प्याकेज बी अन्तर्गत प्यासेन्जर भ्यान (पेट्रोलियम) सवारी खरिदका लागि कम मूल्यांकन गर्ने केएमसी अटोमोबाइललाई छनोट गरि बोलपत्र स्वीकृतिका लागि आशयको सूचना निकालेको हो। केएमसीले बैंकलाई १ करोड ४४ लाख ९५ हजार रुपैयाँको सवारीसाधन सप्लाइ गर्नेछ। 

शुक्रबार बोलपत्र स्वीकृतिका लागि सूचना जारी गर्दै बैंकले बोलपत्र दाताहरुको जानकारीका लागि ७ दिने सूचना जारी गरेको हो। 


प्रकाशित : शुक्रबार, भदौ १ २०८००५:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend