आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

गत आवमा ८ सय २० किमी सडक कालोपत्र, २ सय २२ पुल निर्माण

बिहीबार , साउन ३२ २०८०
गत आवमा ८ सय २० किमी सडक कालोपत्र, २ सय २२ पुल निर्माण

राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ। नागढुंगा-नौबिसे सडकखण्ड  स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ। सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको सडक विभागले जनाएको छ।

काठमाडौं- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुन: निर्माण भएको छ। गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको सडक विभागले जनाएको छ। गत वर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा पाँच सय ३८ किमी सम्पन्न भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले विभिन्न किसिमका अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झन्डै ६९ प्रतिशत पुगेको बताए। उनले भने, 'चालु वर्ष समयमा कामको प्रगति अझै बढाइनेछ।' अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको उनको भनाइ छ। उनले भने, 'विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुन सकेको छैन।'

राष्ट्रिय गौरवका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ। नागढुंगा-नौबिसे सडकखण्ड  स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ। सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ। पूर्व-पश्चिम राजमार्गको काँकडभिट्टा-लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ। 

तमोर करिडोरअन्तर्गत मूलघाट-सुभांगखोला खण्डको ठेक्का व्यवस्थापनको काम सम्पन्न भएर निर्माणको काम सुरु भएको छ। ग्वार्खो ‘फ्लाईओभर’ को निर्माण भइरहेको र सातदोबाटो र एकान्तकुनामा ‘फ्लाईओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का र स्रोत सुनिश्चितताको लागि सहमति माग गरिएको छ। अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक निर्माण भइरहेको छ। रासस


प्रकाशित : बिहीबार , साउन ३२ २०८००९:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend