शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

युवालाई अर्थमन्त्रीको सुझाव : विदेशमा भन्दा नेपालमै धेरै अवसर छ, सम्भावना यहीँ खोज्नुहोस्

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ३१ २०८०
images
युवालाई अर्थमन्त्रीको सुझाव : विदेशमा भन्दा नेपालमै धेरै अवसर छ, सम्भावना यहीँ खोज्नुहोस्

अध्ययनका लागि छात्रवृत्ति पाएर जाने र फर्किएर आउनेभन्दा पनि आफ्नै खर्चमा विदेश जानेहरूले अझ धेरै दु:ख पाएको उनको भनाइ छ। 

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरूमा विदेश जाने अनौठो लहड चलेको बताएका छन्। देखासिकिमै विदेश जाने प्रवृत्ति चलेको भन्दै यसमा गम्भीर भएर सोच्नुपर्ने उनले बताएका छन्। 

images
images
images

राष्ट्रिय निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियानले आयोजना गरेको 'इन्टरप्रेनरसिप इनोभेसन कन्क्लेभ'मा बोल्दै अर्थमन्त्री महतले विदेश गएर पैसाको रुख फलेको जस्तो गरेर हौसिनेहरूको संख्या धेरै देखिएको बताए। 

images
images

'तर अवस्था त्यस्तो छैन। विदेशमा विकास सबै भइसकेको छ त्यस्ता देशमा भन्दा हाम्रोमै विकासको अवसर छ त्यसैले यहाँ विस्तारको सम्भावना हुन्छ' उनले भने।

images
images

अध्ययनका लागि छात्रवृत्ति पाएर जाने र फर्किएर आउनेभन्दा पनि आफ्नै खर्चमा विदेश जानेहरूले अझ धेरै दु:ख पाएको उनको भनाइ छ। 

विदेशको अवस्था त्यति राम्रो नभएपनि युवाहरूमा 'अरु गए त्यसैले पनि म पनि जानुपर्छ' भन्ने डरलाग्दो प्रवृत्ति देखिएको उनको भनाइ छ।

नेपालमै सरकारले युवाहरूलाई उत्प्रेरित गर्नका लागि थुप्रै प्रयास गरिरहेको पनि उनले बताए। 

पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमताभित्र पर्ने बताए। उद्यमशीलताको वातवरण शीक्षाबाट सुरू हुने भन्दै उनले शिक्षा क्षेत्रमा कमजोरी देखिएको बताए। '१२ कक्षाको रिजल्ट आउदा आधा विद्यार्थी माथिल्लो तहमा पढ्न जान अयोग्य भए यस्त विद्यार्थीलाई केन्द्रित गरेर सिप विकासमा केन्द्रित गर्नु पर्छ' उनले भने। उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सीप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनु पर्ने उनले बताए।

सीप कसरी दिने, जोखिम लिन सक्ने कसरी बनाउने जोखिमको बीमा गर्नेलगायत चक्र निर्माण गर्नु पर्ने उनले बताए। उनले प्रविधि भित्र्याउने तथा बजार सुनिश्चित गर्ने विषयमा केन्द्रित हुनुपर्ने पनि बताए।

उद्यमशील युवा सृजनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रियाकलापमा जोड्नु पर्ने बताए। उनले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताए। 'आर्थिक विकासको लागि युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छ' उनले भने 'यसको लागि पुँजी, सीप, कानूनी सहायतामा राज्यको उपस्थिति आवश्यक पर्छ।'

संयोजक शाहीले यस्ता प्रकारका युवा उद्यमशील प्रेरणाको कार्यक्रम देशभर सञ्चालन गरिने बताए।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले युवालाई केन्द्रित गरेर बैंकले नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बताए। उनले १० प्रकारका युवा उद्यमशीलता सम्बन्धी कार्यक्रममा बैंकले कर्जा प्रदान गरेको जानकारी गराए।


प्रकाशित : बुधबार, साउन ३१ २०८००८:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend