मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

थार ईसँगै स्कर्पियो र बोलेरो पनि ईभी भर्सनमा ल्याउँदै महिन्द्रा

बिहीबार , साउन ३२ २०८०
थार ईसँगै स्कर्पियो र बोलेरो पनि ईभी भर्सनमा ल्याउँदै महिन्द्रा

महिन्द्राले यसअघि नै बीई र एक्सयूभी ई मा आधारित विद्युतीय एसयूभीका विभिन्न रेन्ज सार्वजनिक गर्ने घोषणा गरिसकेको छ।

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी महिन्द्रा पनि विद्युतीय सवारीमा आक्रामक हुने देखिएको छ। कम्पनीले विद्युतीय सवारीका लागि लामै योजना सार्वजनिक गरिसकेको छ।

मंगलबार महिन्द्राले दक्षिण अफ्रिकाको केप टाउनमा भव्य कार्यक्रम गरेर थार ई र स्कर्पियो एनमा आधारित ग्लोबल पिकअपको कन्सेप्ट सार्वजनिक गरेको हो। 

महिन्द्राले यसअघि नै बीई र एक्सयूभी ई मा आधारित विद्युतीय एसयूभीका विभिन्न रेन्ज सार्वजनिक गर्ने घोषणा गरिसकेको छ। महिन्द्राका अब आउने शून्य प्रदूषण सवारी नयाँ लोगोमा आउने छन्। 

महिन्द्राको हाल पेट्रोलियम इन्जिनमा बिक्री भइरहेको स्कर्पियो र बोलेरो समेत विद्युतीय भर्सनमा आउने तय भएको महिन्द्राको अटो एन्ड फार्म ट्याक्टरका कार्यकारी निर्देशक तथा सीईओ राजेश जेजुरिकरले बताएका हुन्। स्कर्पियो ई र बोलेरो ई आईएनजीएलओ स्केटबोर्ड ईभी प्लेटफर्ममा आधारित रहेर बन्ने छन्। यो प्लेटफर्ममा महिन्द्रूाले ह्वीलवेस बढी भएका र उच्च ग्राउन्ड क्लियरेन्सयुक्त सवारी बनाउने छ। 

Mahindra Global Pik Up.jpg

महिन्द्राले मंगलबार सार्वजनिक गरेको थार ई कन्सेप्ट पनि सोही प्लेटफर्ममा बन्ने छ। आकर्षक डिजाइनमा देखिएको थार ईमा शक्तिशाली ब्याट्री तथा मोटरमा आउने अनुमान गरिएको छ। महिन्द्राले देखाएको थार ई पाँच ढोके नै हुनेछ। 

हाल महिन्द्राको एक्सयूभी ४०० विद्युतीय एसयूभी भारतीय बजारमा बिक्री भइरहेको छ। यो विद्युतीय कार नेपाली बजारमा समेत ल्याउने अन्तिम तयारी भइरहेको नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले जनाएको छ। 

त्यस्तै महिन्द्राले भारत, दक्षिणपूर्वी एसिया, मध्यपूर्व, आसियान र दक्षिण अफ्रिकालाई लक्षित गरेर ग्लोबल पिकअप ईभी उत्पादन गर्ने भएको हो। महिन्द्राले केप टाउनमा मंगलबार थार ईसँगै ग्लोबल पिकअप ईसमेत सार्वजनिक गरेको थियो।  


प्रकाशित : बिहीबार , साउन ३२ २०८००६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend