शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, दुई अर्ब लागत घट्ने

images
बुधबार, साउन ३१ २०८०
images
काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, दुई अर्ब लागत घट्ने

दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाख रूपैयाँको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख रूपैयाँ आयोजनाको लागत रहने भएको छ। निर्माणको समय पनि घट्नेगरी संशोधन भएको पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

images
images

काठमाडौं- काठमाडौं-तराई-मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ। लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

images
images
images

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं-तराई-मधेस द्रुतमार्गको डीपीआर संशोधनको निर्णय गरेको हो। झन्डै दुई अर्ब दुई करोड रूपैयाँ लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए। उनले भने, 'सुरुङ मार्ग थपिँदा सडकको लम्बाइ र मूल्य दुवै घट्यो।'

images
images

काठमाडौं-मधेस ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। विसं २०७४ बैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौं-तराई-मधेस द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ। 

images
images

दु्रतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए। द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए।

प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ। दुई खर्ब १३ अर्ब नौ करोड ५३ लाख रूपैयाँको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख रूपैयाँ आयोजनाको लागत रहने भएको छ। रासस


प्रकाशित : बुधबार, साउन ३१ २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend