मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नाडा अटो शोमा सहभागी हुँदैछन् २२ दुईपांग्रे र १६ चारपांग्रे ब्रान्ड

विद्युतीय सवारीको संख्या धेरै हुने, २६ वटा कम्पोनेन्टका स्टल

बुधबार, साउन ३१ २०८०
नाडा अटो शोमा सहभागी हुँदैछन् २२ दुईपांग्रे र १६ चारपांग्रे ब्रान्ड

प्यासेन्जर कारतर्फ सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन्।

काठमाडौं- आगामी भदौ २६ गतेदेखि सवारीसाधनको बिक्री तथा प्रदर्शनी 'नाडा अटो शो २०२३' हुँदैछ। ४ वर्षपछि हुन लागेको अटो शोमा समेत त्यतिठूलो उत्साह देखिएको छैन। आयात प्रतिबन्ध र तरलता अभावका कारण शिथिल बनेको अटोमोबाइल क्षेत्रलाई यो वर्षको अटो शोले केही राहत दिने अपेक्षा व्यवसायीहरुले गरेका छन्। 

भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने अटो शोमा २२ ब्रान्डका मोटरसाइकल तथा स्कुटर र १६ ब्रान्डका कार तथा २६ वटा स्पेयर पार्टका स्टल रहने छन्। यो पटकको अटो शोमा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटरको तुलनामा विद्युतीय दुई पांग्रे सवारीसाधन धेरै सहभागि हुने भएका हुन्। त्यस्तै प्यारेन्जर कारमा पनि विद्युतीयको संख्या उल्लेख हुनेछ। 

अटो शोमा भाग लिने कम्पनीको सूचीमा १० वटा मात्रै पेट्रोलियम पदार्थबाट चल्ने दुई पांग्रे सवारी साधनको ब्राण्ड सहभागी हुनेछन्। ईभी ब्राण्ड भने १२ वटाले आफ्नो उत्पादन प्रदर्शनी राख्ने तय भएको छ। 

लामो अन्तरालमा हुन लागेको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैन। मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभायीता नजनाउन लागेको हो। अटो शोका लागि गरिएको सर्भेमा होन्डालगायत अन्य कम्पनीले पनि फारम भरेका थिएनन्। तर नाडा नेतृत्वले सहभागी हुनै पर्ने भनेर आग्रह गरेकाले केही कम्पनीहरु थपिएका हुन्।

यी दुई ब्राण्ड बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन्। बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम जस्ता कम्पनी अटो शोमा हुने छन्।

यसका साथै, जोन्टेस, भेष्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो शोमा भाग लिनेछन्। यी ब्राण्डले ग्राहक आकर्षित गर्न नयाँ नयाँ मोडल ल्याउने अनुमान गरिएको छ। 

त्यस्तै विद्युतीय दुई पांग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेगवे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन्।

प्यासेन्जर कारतर्फ सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन्। त्यस्तै निटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएयको छ। 

प्यासेन्ज कारतर्फ टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल। सिट्रोन, निटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङका विद्यूतीय कार प्रदर्शनीमा राखिने छन्। त्यस्तै जी मोटर्सले ल्याउने सवारी ब्रान्डसमेत विद्युृतीय नै हुनेछ।  


प्रकाशित : बुधबार, साउन ३१ २०८००५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend