शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

पानीको बहाव बढेपछि वनबासा पुलमा चारपांग्रे सवारीमा रोक

images
सोमबार, साउन २९ २०८०
images
पानीको बहाव बढेपछि वनबासा पुलमा चारपांग्रे सवारीमा रोक

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ।

images
images

महेन्द्रनगर- महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज) मा चारपांग्रे सवारी साधनलाई रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ९५ हजार क्युसेक पुगेको छ।

images
images
images

भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा एक लाख क्युसेकभन्दा बढी पानी भएपछि ठूला सवारी साधनलाई रोक लगाएको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक देवसिंह बडालले आज बिहानैबाट पुलमा आवागमनमा रोक लगाइएको जानकारी दिए।

images
images

'बिहान पानीको सतह बढेर दुई लाख २४ हजार क्युसेक पुगेको थियो', उनले भने, 'अहिले पैदलयात्रु र दुई पांग्रे सवारी साधन चल्न दिइए पनि ठूला सवारी साधनमा रोक लगाइएको छ।'

images
images

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा हुँदा महाकालीमा पानीको बहाव बढ्ने गर्छ। महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ। रासस


प्रकाशित : सोमबार, साउन २९ २०८००७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend