आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

बजेट नहेरी विदेशी ठेकेदार रोज्ने नीतिमा प्रश्न, साना परियोजनामा सम्झौतापछि अदृश्य हुन्छन् ‘लिड कन्ट्र्याक्टर’ 

सोमबार, साउन २९ २०८०
बजेट नहेरी विदेशी ठेकेदार रोज्ने नीतिमा प्रश्न, साना परियोजनामा सम्झौतापछि अदृश्य हुन्छन् ‘लिड कन्ट्र्याक्टर’ 

सहरी पूर्वाधार तथा ऊर्जामा यस्तो प्रवृत्ति उल्लेख्य कमी आएको एडीबीलेले उल्लेख गरेको छ। 

काठमाडौं- सानो बजेटका आयोजनामा छानिएका विदेशी निर्माण व्यवसायी काम गर्ने समयमा अदृश्य हुने  गरेको पाइएको छ। आयोजना निर्माणका लागि तय भएको मापदण्डअनुसार टेन्डरमा स्थानीय ठेकेदारसँग साझेदारीमा सहभागी हुने तर पछि काम गर्ने समयमा गायब हुने गरेका छन्। 

विशेषगरी वैदेशिक सहायताका सानो बजेटका परियोजनामा पनि अन्तर्राष्ट्रिय टेन्डर हुने गरेको छ। यस्तो टेन्डरमा स्वदेशी कम्पनीसँग साझेदारीमा टेन्डर हाल्ने गर्छन्। टेन्डर जितेपछि सम्झौता हुँदासम्ममात्र विदेशी वा लिड कम्पनी देखिने तर काम गर्ने समयमा उनीहरू गायब हुने गरेका छन्। 

परियोजनाको बजेटभन्दा पनि निर्माणको जटिलता, आवश्यकताअनुसार चाहिने अनुभव, विज्ञता र प्रविधिका लागि यस्तो टेन्डर हुँदै आएको छ। तर यस्तै अधिकांश आयोजनामा मुख्य निर्माण कम्पनी काम गर्ने बेला अदृश्य हुँदा लक्ष्यअनुसार काम नहुने पाइएको छ। 

कतिपय अवस्थामा त्यस्ता लिड कम्पनीले नेपाली साझेदारलाई नगद प्रवाहमा समेत सहयोग गरेका हुँदैनन्। 

एसियाली विकास बैंकको पछिल्लो अपडेटअनुसार बैंकको लगानी रहेका सानो बजेटका सम्झौतामा मुख्य निर्माण कम्पनी नै अदृश्य हुने गरेको पाइएको छ। 

बैंककले प्रकाशित गरेको एक सूचनाअनुसार सन् २०२१ सम्म  ५० लाख डलरसम्मका आयोजनामा लिड ठेकेदार गायब भएको पाइएको छ। त्यस्तै  ५० देखि १ करोड डलरसम्मका आयोजनामा ६७ प्रतिशत गायब र १ देखि २ करोड डलरसम्म ५० प्रतिशत काम गर्ने समयमा उपस्थित नहरेको पाइएको हो।

एडीबीले आफ्नो लगानीका यस्ता परियोजनामा विदेशी निर्माण कम्पनी जो मुख्य भूमिकामा हुन्छन् सम्झौताको समयमा तर काम  गर्ने समयमा गायब हुने प्रवृत्तिमा सुधार हुँदै आएको उल्लेख गरेको छ। सन् २०१८ को तुलनामा २०२१ मा उल्लेख्य सुधार भएको पाइएको छ। 

सहरी पूर्वाधार तथा ऊर्जामा यस्तो प्रवृत्ति उल्लेख्य कमी आएको एडीबीलेले उल्लेख गरेको छ। 


प्रकाशित : सोमबार, साउन २९ २०८००४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend