शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै बंगलादेशी नागरिकलाई बन्धक बनाउने दुई नेपालीसहित सातजना पक्राउ

images
आइतबार, साउन २८ २०८०
images
रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै बंगलादेशी नागरिकलाई बन्धक बनाउने दुई नेपालीसहित सातजना पक्राउ

बंगलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाएको अभियोगमा दुई नेपाली र पाँच जना बंगलादेशी रहेका छन्।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बंगलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका सात जनालाई पक्राउ गरेको छ।

images
images
images

कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो। प्रहरीले अप्रेशन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीले जानकारी दिए।

images
images

उनका अनुसार पक्राउ पर्नेमा बंगलादेश गाजीपुर घर भई काठमाडौं महानगर-९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका-२८ हरिसिद्दी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भई हरिसिद्दी बस्ने ३८ वर्षीय सलिम मियाँ र उनकी श्रीमती सिन्धुपाल्चोक घर भएकी २७ वर्षीय तारा नेपाली, बंगलादेश ढाका घर भइ काठमाडौं हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेश ढाका घर भई काठमाडौंको कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भई काठमाडौंको नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

images
images

पक्राउ परेको उक्त गिरोहले बंगलादेशी सात जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याएर काठमाडौंका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाइ राख्ने र उनीहरुका परिवारसँग पैसा माग्ने गरेको खुल्न आएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले बताए।

उक्त घटनामा प्रहरीले आठ जना बंगलादेशी नागरिकलाई सकुसल उद्धार गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन २८ २०८०१२:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend