शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

उद्धार उडानमा समयसीमा तोकिएको छैन : प्राधिकरण 

images
आइतबार, साउन २८ २०८०
images
उद्धार उडानमा समयसीमा तोकिएको छैन : प्राधिकरण 

मनसुन अवधिभरको लागि मात्र लागु गरिएका उडान सुरक्षा मापदण्ड सर्वसाधारणको हितमै रहेको प्राधिकरणले जनाएको छ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले विशेष तथा आपतकालीन उडानका लागि कुनै पनि समयसीमा निर्धारण नगरिएको प्रस्ट पारेको छ।

images
images
images

मनसुन अवधिमा सामान्य उडानका लागि इनरुट मौसमी अवस्थाको स्पष्ट अवस्थाको पहिचान नभइ उडान अनुमति नदिने यसअघिको निर्देशनका बारेमा प्राधिकरणले प्रष्टीकरण दिएको हो।

images
images

नेपाली आकाशमा घटेका अधिकांश हवाई दुर्घटनाको प्रमुख कारक प्रतिकुल इनरुट मौसमको तुलनात्मक प्रभाव मनसुनको अवधि (जुन महिनाको दोस्रो सातादेखि सेप्टेम्बरको अन्तिम सातासम्ममा बढिरहने नेपालको नियमित मौसमी मापन रेकर्ड रहेको प्राधिकरणले जानकारी दिएको छ।

images
images

हवाई यात्रा गर्दा कुनै पनि स्वदेशी तथा विदेशी नागरिकले आफ्नो जीउज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले मनसुन अवधिभरको लागि मात्र लागु गरिएका उडान सुरक्षा मापदण्ड सर्वसाधारणको हितमै रहेको प्राधिकरणले जानकारी दिएको छ।

‘सर्वसाधारण जनताको जीवनको रक्षा नै प्राधिकरणको मुख्य अभिभारा भएको र त्यसमा प्राधिकरण सदा प्रतिबद्ध रहेको हुँदा दुर्गम पहाडी जिल्लामा अहिले पनि सम्बन्धित विमानस्थलको सञ्चालन समय भित्र मौसमी अनुकूलतामा नियमित उडान सञ्चालन हुँदै आएको तथा अन्य अत्यावश्यक उद्धार तथा विशेष प्रकारका जहाज/हेलिकप्टरको उडानहरुमा कुनै पनि प्रकारको समयसीमा तथा नियमन प्रतिबन्ध लागु नभएको व्यहोरा सम्पूर्ण सरोकारवालावर्गमा जानकारी गराउँदै अन्यथा भ्रममा नपर्न हुन समेत प्राधिकरण सबैमा विशेष अनुरोध गर्दछ’, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : आइतबार, साउन २८ २०८०१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend