शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

images
आइतबार, साउन २८ २०८०
images
अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
फाइल तस्बिर

आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको हो।

images
images

तनहुँ- पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्गअन्तर्गत दमौली-डुम्रे सडक खण्ड दुईतर्फीरुपमा सञ्चालनमा आएको छ।

images
images
images

तनहुँको व्यास नगरपालिका-१२ स्थित बेलभञ्जयाङमा माथिबाट पहिरो खस्दा आज दिउँसो १२ः३० बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो। केही दिनदेखिको अविरल वर्षाका कारण उक्त सडक खण्डमा पहिरो खसिरहेकाले पटकपटक अवरुद्ध हुने गरेको जिल्ला प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

images
images

आज करिब दुई घण्टाको प्रयासपछि राजमार्गको पहिरो हटाएर आवागमन सञ्चालन गरिएको उनले बताए। जिल्ला तथा इलाका प्रहरी कार्यालयबाट खटिएको विपद् व्यवस्थापन टोली र स्थानीय पालिकाको सहकार्यमा पहिरो पन्छाइएको खाँणले बताए। रासस

images
images


प्रकाशित : आइतबार, साउन २८ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend