शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सुर्ती तथा गुट्काको प्याकेजिङमा 'वायोडिग्रेडेवल' सामाग्री प्रयोग गर्न विभागको निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २७ २०८०
images
सुर्ती तथा गुट्काको प्याकेजिङमा 'वायोडिग्रेडेवल' सामाग्री प्रयोग गर्न विभागको निर्देशन
images
images

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्त:शुल्क नियमावली, २०५९ को चौबिसौँ संशोधन गर्दै सुर्तीजन्य पदार्थको प्याकेजिङमा वायोडिग्रेडेवल सामाग्री प्रयोग गर्न भनेको छ।

images
images
images

विभागले सुर्ती, खैनी, गुट्का, पान मसला, स्वीट सुपारीमा वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगले प्लाष्टिक बाहेकको प्याकेजिङ प्रयोगमा ल्याउन सूचना जारी गरेको हो।

images
images

यस्ता वस्तुमा हाल प्रयोग भइरहेको प्लाष्टिक प्याकेजिङको सट्टा जैविक रुपमा सडेर जाने(वायोडिग्रेडेवल) समाग्रीमा प्रयोगमा ल्याउनुपर्ने विभागले भनेको छ।

images
images

उक्त संशोधित नियमावली आगामी वैशाख १ गतेबाट कार्यान्वयनमा आउने विभागले जनाएको छ। 

हाल यस्ता वस्तुहरु उत्पादन गर्ने प्रतिष्ठान तथा आयात गर्ने इजाजतप्राप्त संस्थाले समेत उक्त व्यवस्थानुसार जैविकरुपमा सडेर जाने सामाग्री प्याकेजिङ प्रयोगमा ल्याउन विभागले भनेको छ।

२०८१ वैशाख १ गतेदेखि उल्लेखित व्यवस्थाको परिपालना नभएमा प्रचलित कानून बमोजिम कारबाही हुने विभागले सूचनामा भनेको छ।


प्रकाशित : शनिबार, साउन २७ २०८०१५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend