शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत

images
शनिबार, साउन २७ २०८०
images
विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ : मन्त्री बस्नेत

विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको भनाइ थियो।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे।

images
images
images

'विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ', मन्त्री बस्नेतले भने। विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे। विद्युतको खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो।

images
images

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८औँ वार्षिकोत्सव मनाउँदै छ। वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ। रासस

images
images


प्रकाशित : शनिबार, साउन २७ २०८००९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend