शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

प्राधिकरणको चेतावनीपछि सिम्रिकले तिर्यो ४३ लाख बक्यौता, शनिबारदेखि हेलिकप्टर उड्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
images
प्राधिकरणको चेतावनीपछि सिम्रिकले तिर्यो ४३ लाख बक्यौता, शनिबारदेखि हेलिकप्टर उड्ने

बक्यौता रकम बुझाएसँगै शनिबारदेखि सिम्रिकका हेलिकप्टरले उडान भर्न पाउने भएका छन्।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले बक्याैता नतिरेकाे भन्दै उडानमै राेक लगाएपछि सिम्रिक एयरले शुक्रबार नै ४३ लाख तिरेकाे छ। बक्यौता रकम तिरेसँगै शनिबारदेखि सिम्रिकका हेलिकप्टरले उडान गर्न पाउने भएका छन्।

images
images
images

क्याप्टेन रामेश्वर थापाकाे लगानी रहेकाे सिम्रकले शुक्रबार नै बक्याैता ४३ लाख तिरसँगै शनिबारदेखि उडान हुने भएकाे प्राधिकरणले जनाएको छ। बक्याैता नतिरेर उडानमा राेक लागेपछि सिम्रिकले विज्ञप्ति निकाल्दै विराेध जनाए पनि शुक्रबार नै क्यान पुगेर बक्याैता तिरेकाे हाे।

images
images

प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर ग्राउन्डेड गरेको छ। बक्यौता तिर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि प्राधिकरणले बिहीबारदेखि नै सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको थियो।

images
images

प्राधिकरणले बक्यौता नतिरेसम्म कुनै पनि उडान हुन नदिनेगरी उडानमा रोक लगाएको थियो। क्याप्टेन रामेश्वर थापाको लगानी रहेको सिम्रक एयरले पटकपटक नियम उल्लंघन गरेको अरोपसमेत प्राधिकरणको थियो। हाल सिम्रिकले ४ वटा हेलिकप्टरमार्फत उडान गर्दै आएको छ। 

सिम्रिकसँग अहिले २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर रहेका छन्। अब कम्पनीले प्राधिकरणलाई तिर्न बाँकी ४६ लाख रुपैयाँ बक्यौता चुक्ता गरी आफ्नो वित्तीय अवस्थाबारे आस्वस्त पार्न सके मात्र उडानबारे पुनःर्विचार हुन सक्ने प्राधिकणले बताएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र २७ लाख ९३ हजार रुपैयाँ बक्यौता रहेको थियो। लुक्लामा १५ लाख ७२ हजार ९६५ रुपैयाँ, ताप्लेजुङ विमानस्थलमा ४ लाख ३७ हजार र सिमिकोट विमानस्थलमा १ लाख ५८ हजार बक्यौता रहेको देखिएको थियो।


प्रकाशित : शुक्रबार, साउन २६ २०८०१६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend