शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
images
ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक
images
images

काठमाडौं- ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ।

images
images
images

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो।

images
images

अर्थ मन्त्रालय स्रोतअनुसार ग्लाेबल आइएमई बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर बैंकले वर्षभरी विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो। 

images
images

ग्लोबल आइएमई बैंकले गएको आवमा सात अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी भएको बैंकले जनाएको छ। 

बैंकले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। 

२१ वटा बैंक तथा वित्तीय संस्थाहरु मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन्।


प्रकाशित : शुक्रबार, साउन २६ २०८०१५:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend