शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

महिला औद्योगिक पार्क अवधारणा अगाडि बढ्यो, अब कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन २६ २०८०
images
महिला औद्योगिक पार्क अवधारणा अगाडि बढ्यो, अब कसैले रोक्न सक्दैन : अर्थमन्त्री डा. महत

ससानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्‍याउनुपर्ने र यसमा सरकारले भरपूर सहयोग गर्ने उनले बताए।

images
images

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अगाडि बढेको बताएका छन्।

images
images
images

शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले रोक्न सक्दैन। सुन्दा यो सामान्यजस्तो लाग्छ, पछि मान्छेले थाहा पाउँछन्, याे दुरगामी अवधारणा हो। महत्वपूर्ण सुरुवात भएको छ, यसलाई कार्यान्वयनमा लैजानुपर्छ। देशैभरि यसको सञ्जाल विस्तार गर्नुपर्छ।’

images
images

‘नेपालमा धेरै ठूलो संख्यामा युवाहरू विदेशिन्छन्। महिलाको तुलनामा पुरुषको संख्या ठूलो छ। त्यसैले यहाँ कसैले स्थिरता दिनसक्छन् भने त्यो महिलाहरूले मात्र दिन सक्छन्’ मन्त्री डा. महतले भने, 'ग्रामीण र आधुनिक अर्थतन्त्रमा महिलाको भूमिका वृद्धि भइरहेको छ। यसलाई राज्यले प्राथमिकताका साथ प्रवद्र्धन गर्नुपर्छ।’

images
images

देशैभरि लघु उद्यम व्यवसायमा महिलाहरूको सहभागिता छ। घर–घरमा उत्पादन भएका विभिन्न सामाग्रीहरू व्यवसायीले निर्यात गरिरहेका छन्। आईटी सेक्टर पनि जोडिन थालेको भन्दै मन्त्री डा. महतले भने, ‘अहिले कृषि व्यवसायमा धेरै ठूलो सम्भावना देखिएको छ। डिटिजल संसारले एउटा अवसर पनि दिएको छ। बजारिकरण सहजै रुपमा गर्न सकिन्छ। महिला उद्यमीहरूले उत्पादन गरेको वस्तुको प्रविधिलाई भरपूर उपयोग गरेर बजारीकरण गर्नुपर्छ।’

ससानो स्केलमा उत्पादन भएको वस्तुलाई संकलन गरेर उपभोक्तामाँझ पुर्‍याउनुपर्ने र यसमा सरकारले भरपूर सहयोग गर्ने उनले बताए। दक्षिण एसियाली महिला मञ्चले राम्रो नेटवर्क विकसित गर्न सक्यो भने काम लाग्न सक्ने मन्त्री डा. महतले बताए।


प्रकाशित : शुक्रबार, साउन २६ २०८००६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend