शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

७ वर्षअघि नै सीआईबीको ‘अपरेशन क्वाक’ मा दोषी देखिएका थिए सांसद शर्मा, अहिले पक्राउ परे

images
बिहीबार , साउन २५ २०८०
images
७ वर्षअघि नै सीआईबीको ‘अपरेशन क्वाक’ मा दोषी देखिएका थिए सांसद शर्मा, अहिले पक्राउ परे

अन्य विभिन्न गैरकानूनी विषयमा शर्मामाथि अनुसन्धान भइरहेका छन्। उनीमाथि कर छलीको विषयसमेत जोडिएको छ।

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। बिहीबार दिउँसो शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो।

images
images
images

सांसद शर्मा पक्राउ परेपछि उनी किन पक्राउ परे भन्नेबारे आधिकारिक जानकारी बिनाका हल्लाहरू पनि फैलिरहेका छन्। सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका कारण पक्राउ गरेको भन्ने हल्ला फैलिरहँदा प्रहरी स्रोतले भने शैक्षिक प्रमाणपत्र कीर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको जनाएको छ। 

images
images

मोरङ-३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मा २०७३ मा सीआईबीले चलाएको ‘अपरेशन क्वाक’ मा नै दोषी देखिएका थिए। नेपाल मेडिकल काउन्सिलमार्फत सीआईबीले डा. शर्माले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरिरहेको प्रमाण भेटेको थियो। सीआईबीले पक्राउ गर्न लागेको थाहा पाएका शर्मा त्यतिबेला जापान भागेका थिए। 

images
images

नक्कली चिकित्सक पत्ता लगाउन ‘अपरेशन क्वाक’ नामको छानबिन प्रक्रियामा परीक्षा नियन्त्रण कार्यालय, उच्चमाध्यामिक शिक्षा परिषद र प्रहरीको संयुक्त टोलीले काम गरेको थियो। 

यसबाहेक पनि अन्य विभिन्न गैरकानूनी विषयमा शर्मामाथि अनुसन्धान भइरहेका छन्। उनीमाथि कर छलीको विषयसमेत जोडिएको छ। उनको नोबेल मेडिकल कलेजले राजस्व छल्न आफ्नो सम्पत्तिको मूल्य वास्तविकभन्दा कम राखेको, भौतिक संरचना निर्माण गर्न लिएको बैंक ऋण अन्यत्रै लगानी गरेको, कलेजको नाममा किनेको जग्गाको मूल्य कम देखाएको, राजस्व चुहावट गर्ने उद्देश्यले समयसीमा नाघेपछि कर बुझाउने गरेको राजस्व अनुसन्धान विभागले २०७२ मा गरेको अनुसन्धानबाट पनि देखिएको थियो।

यस्तै डा. ज्ञानेन्द्र गिरीबाट नोबेल मेडिकल कलेजको स्वामित्व लिने समयमा पनि शर्माले गैरकानूनी बाटो अपनाएको र अकुत सम्पत्ति आर्जन गरेको भन्दै २०७६ मंसीर १ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेलमा छापा नै मारेको थियो। जुन विषयमा समेत अनुसन्धानहरू भइरहेका छन्। 

काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजमा लगानी गरेका शर्माले राज्यस्रोतमा पहुँच बनाएर नीतिगत निर्णय नै आफ्नो पक्षमा पार्ने प्रयाससमेत गरिरहन्छन्। 

बीमाको भुक्तानी नपाएपछि अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसद सुनिल शर्मा बीमाको भुक्तानी नपाएपछि अर्थमन्त्रीको राजीनामा माग्दै कांग्रेस सांसद सुनिल शर्मा


प्रकाशित : बिहीबार , साउन २५ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend