शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

images
बिहीबार , साउन २५ २०८०
images
सैनिक कल्याणकारी कोषको सम्पत्ति ७७ अर्ब ६१ करोड

सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दश लाखको संख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आइएको छ।

images
images

काठमाडौं- सैनिक कल्याणकारी कोषको कुल सम्पति ७७ अर्ब ६१ करोड एक लाख रूपैयाँ पुगेको छ। उक्त रकममध्ये ७१ अर्ब पाँच करोड ६१ लाख रूपैयाँ विभिन्न बैँकमा मौज्दात रहेको रक्षा मन्त्रालयको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षामा जानकारी दिइएको छ।

images
images
images

बाँकी छ अर्ब ५५ करोड ४० लाख रूपैयाँ भने कोष मातहतका विभिन्न निकायमा लगानी रहेको बताइएको छ। सेनाका बहालबाला, भूतपूर्वक सैनिक, सकलदर्जा तथा आश्रितसमेत गरी करिब दश लाखको संख्यामा रहेका हिताधिकारीलाई उक्त रकमको ब्याजबाट शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियत उपलब्ध गराउँदै आइएको छ। कोषमार्फत सञ्चालनमा रहेका ती कार्यक्रमलाई थप प्रभावकारी र प्रतिफलमूलक बनाउन समयानुकूल विस्तार तथा स्तरोन्नतिका कार्य भइरहेका छन्। नेपाली सेना शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त एक करोड २४ लाख एक हजार रूपैयाँबाट विसं २०३२ मा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो।

images
images

'बहुजन हिताय : बहुजन सुखाय' आदर्श बाक्य रहेको कोषबाट सेनाका  बहालवाल, अवकास प्राप्त सैनिक तथा आश्रित परिवारलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत, बीमालगायत सीप तथा स्वरोगारजस्ता कार्यक्रम सञ्चालन हुदैआएका छन्। कोषको मुख्य आयस्रोत भनेको शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सैनिक स्वास्थ्य विज्ञान संस्थान र विद्यालय तथा महाविद्यालयबाट प्राप्त शुल्क रहेको जनाइएको छ।

images
images

राष्ट्रसंघको आह्वानमा विश्वशान्तिमा धेरै सेना पठाउने मुलुकको बरियातमा नेपाल दोस्रो नम्बरमा छ। नेपाली सेना व्यावसायिक, अनुशासित र सहासिक भएकैकारण द्वन्द्वग्रस्त मुलुकका नागरिकबीचमा लोकप्रिय छ।

शान्ति सेनामा धेरै संख्यामा महिला सैनिक पठाउने सूचीमा भने नेपाल पहिलो नम्बरमै छ। हाल विश्वका १३ वटा शान्ति मिसनमा पाँच सय ६५ महिलासहित छ हजार ७३ जना नेपाली शान्ति सैनिक खटिएका छन्।

हालसम्म विश्वका विभिन्न मुलुकमा स्थापना भएका ४४ शान्ति मिसनमा रही एक लाख ४५ हजार आठ सय १३  नेपाली शान्ति सैनिकले योगदान पुर्‍याइसकेका छन्। सोही क्रममा ७३ जना नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गर्नाका साथै ६६ जना सख्त घाइते भएका थिए। रासस


प्रकाशित : बिहीबार , साउन २५ २०८००८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend